बार्सिलोनाको लगातार दोस्रो हार
बार्सिलोना, कार्तिक १६ – सिजनमा राम्रो सुरुवात गर्दै अघि बढिरहेको बार्सिलोनाले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार राती भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग १–० गोल अन्तरले पराजित भएको हो । हारसँगै बार्सिलोना लिगको शीर्ष स्थानबाट तेस्रो स्थानमा झरेको छ । यसअघि एल क्लासिकोमा चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडसँग ३–१ गोल अन्तरले पराजित भएको बार्सिलोना ज्वाकीन लारिभीको एक मात्र गोलको मद्दतले स्तब्ध भएको हो । _78693466_024557702-1 सन् २००९ पछि पहिलोपल्ट ला लिगामा बार्सिलोनाले लगातार दोस्रो खेलमा हार बेहोरेको हो । आफ्नो गृह मैदानमा ५७ खेलपछि पहिलोपल्ट चुकेको हो । ला लिगाको सर्वाधिक गोलकर्ता बन्न मात्र २ गोलले पछि रहेका लियोनेल मेस्सीले उक्त किर्तिमान भंग गर्नु अझै पर्खनुपर्ने भएको छ । रियलसँगको खेलअघि एक गोल पनि नखाएका बार्सिलोनाका गोलकिपर क्लाउडियो ब्राभोले लागातार दोस्रो खेलमा गोल खाएका छन् ।बार्सिलो नाको हारको सिधा फाइदा रियललाई पुगेको छ ।



0 comments
Write Down Your Responses