१७ कात्तिक, म्याग्दी । जिल्लाका २१ वटा गाविसमा ताररहित इन्टरनेट सुविधा विस्तार गरिएको छ ।
६ वटा गाविसलाई समेटेर बेनी नगरपालिका घोषणा गर्नुअघि ४१ गाविसमा इन्टरनेट सुविधा विस्तार भएको र बाँकी गाविसमा पनि internet-userयो प्रविधि विस्तारका लागि सर्वेक्षण सुरु गरिएको जिविसले जनाएको छ ।
इन्टरनेट जडान गरिएका ठाउँमा क्षमता विस्तार तथा मर्मत र नयाँ ठाउँमा विस्तारका लागि फ्रि वाइफाई जिल्ला योजना सञ्चालन गर्न लागिएको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बताए ।
राम्चे, हिस्तान, शिख, घार, नारच्याङ, दाना, भुरुङ तातोपानी, दोवा, बेग, भगवती, भकिम्ली, पात्लेखेत, झीँ, पाखापानी, कुहूँ, निस्कोट, दरवाङ, चिमखोला र बिममा ताररहित प्रविधिको इन्टरनेट सुविधा विस्तार भइसकेको छ ।
हाल बेनी नगरपालिकामा समावेश गरिएका साविकको घतान र अर्थुङ्गेमा पनि ताररहित इन्टरनेट सुविधाको पहुँच पुगिसकेको जिविसले जनाएको छ ।
जिल्लाका सबै गाविसका ताररहित इन्टरनेट सुविधा उपलब्ध गराउनका लागि भौगोलिक, प्राविधिक र लागत सर्वेक्षणको काम भइरहेको जिविसका आइसिटी भोलेन्टियर प्रवीण पौडेलले बताए ।
ताररहित इन्टरनेट सुविधाका कारण ग्रामीण क्षेत्रका बासिन्दाको आधुनिक प्रविधिमा पहुँच बढेको छ भने देश-विदेशमा सर्वसुलभ रूपमा सञ्चार सम्बन्ध स्थापित गर्न पाएका छन् ।
१७ कात्तिक, नुवाकोट । नाकालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा नुवाकोटमा ८० वर्षका वृद्ध पक्राउ परेका छन् । ६ वर्षकी नाबालिकालाई बलात्कार प्रयासको गरेको आरोपमा नुवाकोटको खानीगाउँका ८० वर्षीय बृद्ध लोकबहादुर थापा पक्राउ परेका हुन् । घर नजिकै खेली खेलीरहेका समयमा आइतबार अपरान्ह थापाले ६ वर्षीय नानीलाई बलत्कार गर्न खोजेको भन्दै पीडित परिवारको उजुरीको आधारमा उनलाई पक्राउ गरेको नुवाकोटका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश शर्मालो जानकारी दिए । खेलिरहेको समयमा बुढाको अस्वभानीय व्यहारबाट अतालिएकी नानी रुन थालेपनि स्थानीयवासीले देखेर उद्धार गरी प्रहरीलाई खबर गरिदिएका थिए । थापालाई नुवाकोट प्रहरीले आइतवार नै जिल्ला अदालत नुवाकोटमा जबरजस्ती करणी उद्योगको मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । प्रहरीले पीडित बालिका र पीडक थापाको जिल्ला अस्पताल त्रिशुलीमा स्वास्थ्य परिक्षण गरी अनुसन्धान सुरु गरेको छ ।
– एजेन्सी मुम्बई । बलिउड अभिनेत्री सना खान पक्राउ परेकी छन् ।
एक महिलालाई धम्काएको आरोपमा प्रहरीले उनलाई प्रेमी इस्माइल खानकासाथ गिरफ्तार गरेको हो । महिलालाई धम्काएर यौन शोषण गरेको आरोप लागेको छ ।
अन्बोली पुलिस स्टेशनका सिनियर इन्स्पेक्टर रमेश खडतरेले दुबैलाई पक्राउ गरिएको पुष्टी गरे ।
‘मिडिया कन्सल्टेन्ट पुनम खन्नाको उजुरीका आधारमा दुबैलाई पक्राउ गरिएको खडतरेले बताए ।
नोकर रामु कनौजियाकासाथ पक्राउ गरिएको दुबैलाई आईपीसी धारा ३५४, ५०६ र ३४ का आधारमा कारबाही चलाइने छ ।
पुलिस अधिकारीले आरोपीलाई अदालतमा पेश गरेको थियो । तर अदालतले तीन जना आरोपीलाई जामानतमा रिहा गर्ने निणर्य गरेको छ ।
पुनमले सना र उनका प्रेमीलाई गलत नियतले आफूलाई स्पर्स गरेको आरोप लगाएकी हुन् ।
घटना केहीदिन पहिले एक अस्पताल बाहिरको हो ।
जहाँ पुनम आफ्नो स्वाथ्य जाचका लागि अस्पताल पुगेकी थिइन् । त्यहा रामुले उनलाई तानेका थिए । सो घटनामा उनलाई सना र उनका प्रेमीले पनि धम्क्याएका थिए ।
एजेन्सी । महिला क्रिकेटरहरुको लाजैमर्दो आरोपले यतिबेला सिंगो श्रीलंका तातेको छ । क्रिकेट खेलाडी चयन गर्दा क्रिकेट संघका अधिकारीहरुमाथि आफूहरुलाई सेक्स गरेमा मात्र टिममा पार्ने भन्दै बार्गेनिङ गरेको महिला क्रिकेटरहरुले आरोप लगाएपछि यसले तरंग छाएको हो । यस विषयमा श्रीलंका क्रिकेट कार्यकारी समितिले शुक्रबार आपतकालीन बैठक बोलायो ।
महिला क्रिकेटरले यस्तो आरोप लगाएपछि क्रिकेटर छनौट समितिका उपाध्यक्ष मोहन डी सिल्वा, सचिव निशान्ता रणतुंगा, सहायक सचिव हेरान्ता परेरा र मुख्य पुरुष राष्ट्रिय चयनकर्ता सनत जयसूर्यामाथि छानविन भएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।
महिला क्रिकेटरले आफूहरुलाई शारीरिक सम्बन्ध राखेमात्र टिममा पारिदिने भन्दै ब्ल्याकमेल गरिएको आरोप लगाएका छन् ।
काठमाडौ, कार्तिक १६ - पेस बलर सोमपाल कामी एसियन गेम्स सेलेक्ट टिममा समावेश भएका छन् । उनी श्रीलंकाका उपुल थरांगा, बंगालादेशका साकिब अल हसन र अफगानीस्तानका मोहम्मद नाबीसँगै एसियन गेम्स सेलेक्ट टिममा छनौट भएका हुन् । सूचीमा पर्ने साेमपाल एकमात्र नेपली खेलाडी हुन ।
श्रीलंकाका जाहिरु थिरिमाने टोलीको कप्तान चुनिएका छन् । टोलीको ११ खेलाडीमा श्रीलंकाका थरंगा, डिनेश चण्डिमल र जीवन मेन्डिस, बंगलादेशका हसन, तमिम इकबाल, मासाराफे मोर्टाजा, अफगानीस्तानका नाबी, मलेसियाका अहमद फैज, हङकङका नदिम अहमद र वाकस वर्कत १२ औं खेलाडीको रुपमा छन् ।
एसियन क्रिकेट काउन्सिलका अध्यक्ष जयन्थ धर्मदासाको अनुरोमा एसीसीका विकास अधिकृतहरु अमिनुल इस्लाम, भेन्कातपन्थी राजु, रुमेश रत्नायके र इकबल सिकन्दरले खेलाडीको सूची तयार पारेका हुन् ।
इन्चोङमा भएको एसियन गेम्सको प्रदर्शनलाई आधार मानेर सूची तयार पारिएको हो । एसियन गेम्समा क्रिकेटतर्फको स्वर्णपदक श्रीलकांले जितेको थियो ।
नेपाल सेमीफाइनलमा अफगानीस्तानसँग पराजित भएर पदकबिहीन बन्न पुगेको थियो ।
उजिर कार्की/खोटाङ । कात्तिक १५ - फत्तेपुर २ सप्तरीकी मुना श्रेष्ठले खोटाङ खाल्लेका दीपक केसीसँग २०६२ सालमा विवाह गर्नुभयो । दुबई गएर फर्किएका केसीसँग मुनाले ५ महिनाको प्रेम सम्बन्धपछि बिबाह गर्नुभएको हो र त्यो पनि अन्तर जातीय विवाहका रुपमा ।
त्यतिबेला त दीपकले अन्तर जातीय भएपनि आफ्नो परिवारले स्वीकार्ने र आफूले पनि जिन्दगी भरीनै साथ दिने वताउनु भएको थियो । मुनाले पनि दीपकको कुरा पत्याउनुभयो तर दिपकको हातबाट सिउँदो रंग्याएपछि उहाँको परिवारले मुनालाई घरमा पस्न दिएनन् । घर बाहिरै कोटा लिएर बसेकै बेला छोरी जन्मिईन । केहीवर्ष दिपक मुनासँगै बसेपनि आर्थिक अभावले च्यापेपछि फेरि विदेश हानिनुभयो । श्रीमान साथमा नभएपनि मुनाले हरेस खानुभएको थिएन, दिपकले साथ नछोडुञ्जेल तर विदेश गएको केही समयमै सँगै बाच्ने सँगै मर्ने वाचा गरेका दीपकले नै साथ छोडिदिनुभयो । त्यो बेलाको कुरा सम्झिँदा मुना भक्कानिनुहुन्छ । ‘उहाँले केहि नभनेसम्म त जीवन संघर्ष हो भन्थें, तर सहाराले नै साथ छोडेपछि निराश भएँ’ मुनले विगत सम्झनुभयो ‘एक पटक त झुण्डिन पनि गईं, तर बच्चाले नदिएपछि फर्किएको थिएँ ।’
आत्महत्या गर्ने अवस्थामा पुगिसकेकी मुनाको अवस्था अहिले भने फेरिएको छ । मुनाले अहिले खोटाङको दिक्तेलमा आफनै पसल चलाइरहनु भएको छ, त्यो पनि हातले बुनेका कलात्मक सामान बेच्ने । यो बेला सहारा नपाएर भौतारिएकी मुनाले सहारा बन्यो हातको सीप । मुनाको हातमा सीप भरिदियो खोटाङमा सुरक्षित आप्रवासन परियोजना अन्तर्गतको जनसेवा समाजले । समाजले दिएको तालिम लिएकी उहाँले सुरुमा आफूले सिकेको सीप महिलाहरुलाई सिकाउनुभयो ।
अहिले त उहाँ सीप मात्रै सिकाउनुहुन्न आफनै पसल पनि खोल्नुभएको छ खोटाङको दिक्तेल बजारमा । कुनै बेला सहारा नभएर मर्न मन लागेकी मुनालाइ अहिले हातमा सीप छ भने अरुको सहारा खोज्नु पर्दैन जस्तो लाग्न थालेको छ । आफ्नै काम गरेर महिनाको १० हजार आम्दानी गर्दै आएकी मुना भन्नुहुन्छ ‘हातमा सिप छ भने कसैको साथ बिनापनि जिउन सकिँदो रहेछ ।’ मुनालाई अहिले विभिन्न संघ संस्थाले कपडाको फूल, गुडिया बनाउने, छ्वाली आर्टस, वालुवा आर्टस, सिलाई कटाई जस्ता सीप सिकाउने प्रशिक्षक पनि बनाउने गरेका छन ।
प्रशिक्षण दिन गएको बेला मुनाको आम्दानी पनि बढ्न गरेको छ । मुना अहिले बैदेशिक रोजगार पिडित महिला उत्थान समिति खोटाङको अध्यक्ष पनि हुनुहुन्छ । थुपै्र पीडामा जेलिएकी मुना अहिले आफूजस्तै पीडामा परेका महिलाको उद्धारमा पनि टिनुहुन्छ ।
१५ कात्तिक, धादिङ । तीन युवकलाई पौडी खेल्ने क्रममा त्रिशुली नदीले बगाएको छ ।
ललितपुर नख्खीपोटका युवाहरु वेनिघाट १ मलेखुमा पिकनिक खान आएका थिए । साथीहरुसँग पौडीखेल्ने क्रममा रेमन्त थापा, नलपु राई र सुलभ गुरुङ वेपत्ता भएका छन् ।
बेपत्ताहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
बार्सिलोना, कार्तिक १६ – सिजनमा राम्रो सुरुवात गर्दै अघि बढिरहेको बार्सिलोनाले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार राती भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग १–० गोल अन्तरले पराजित भएको हो । हारसँगै बार्सिलोना लिगको शीर्ष स्थानबाट तेस्रो स्थानमा झरेको छ ।
यसअघि एल क्लासिकोमा चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडसँग ३–१ गोल अन्तरले पराजित भएको बार्सिलोना ज्वाकीन लारिभीको एक मात्र गोलको मद्दतले स्तब्ध भएको हो ।
_78693466_024557702-1
सन् २००९ पछि पहिलोपल्ट ला लिगामा बार्सिलोनाले लगातार दोस्रो खेलमा हार बेहोरेको हो । आफ्नो गृह मैदानमा ५७ खेलपछि पहिलोपल्ट चुकेको हो ।
ला लिगाको सर्वाधिक गोलकर्ता बन्न मात्र २ गोलले पछि रहेका लियोनेल मेस्सीले उक्त किर्तिमान भंग गर्नु अझै पर्खनुपर्ने भएको छ । रियलसँगको खेलअघि एक गोल पनि नखाएका बार्सिलोनाका गोलकिपर क्लाउडियो ब्राभोले लागातार दोस्रो खेलमा गोल खाएका छन् ।बार्सिलो नाको हारको सिधा फाइदा रियललाई पुगेको छ ।
फेसबुक एउटा यस्तो सोसल नेटवर्किङ साइट हो जसलाई थुपै्र युवाहरुले मन पराउने गर्दछन् । चाहे तपाईं एक्लै हुनुहुन्छ वा प्रेम बन्धमा बाँधिनु भएको होस्, सबैको आइडी फेसबुकमा पाइने गर्दछ । यदि हामी प्रेम बन्धनमा भएका व्यक्तिहरुको कुरा गर्ने हो भने एक्सपर्टका अनुसार कुनै पनि कपल्सले फेसबुकमा केहि पनि पोष्ट गर्नुभन्दा अगाडि धेरै सोच्नुपर्ने हुन्छ । तपाईंले आफ्नो निजि तस्बिरहरु फेसबुकमा राख्न ठिक मानिँदैन । कोही जोडिले आफ्नो पुरै निजी जिन्दगीलाई फेसबुकमा पर्दाफास गर्नेगर्दछन्। आफ्नोयस्तो व्यवहारले आफ्ना अरु साथीहरुलाई कस्तो प्रभाव पार्छ भन्ने कुरा उनीहरुलाई रत्तीभर पनि थाहा हुँदैन । त्यसकारण हामी तपाईंलाई प्रेम सम्बन्धमा रहेका कुनै पनि जोडिले गर्न नहुने कार्यको बारेमा हामी तपाईंलाई जानकारी दिँदैछौँ । १. रिलेशनसिप स्टेटस परिवर्तन गर्नुः यदि तपाईं कुनै पनि सम्बन्धमा हुनुहुन्छ भने यो खबरले तपाईंका साथीहरु र परिवारलाई खुसी राख्ला तर केहि जोडीहरु फेसबुकमा आफ्नो रिलेसनसिप स्टेटस आफ्नो मुड अनुसार राख्ने गर्दछन् जुन राम्रो कुरा होइन । २. फेसबुकमा आफ्नो प्रेमको सोअफः कोही मानिसहरु आफ्नो रोमान्स फेसबुकमार्फत नै उजागर गर्न चाहन्छन् । यस्तो अवस्थामा हामी तपाईंलाई के सल्लाह दिन्छौँ भने केहि छिनको लागि आफ्नो मोबाइल र ल्यापटप बन्द गरेर आफ्नो प्रेमी वा प्रेमिकासँग आफ्नो प्रेम बाँड्न सँगै बस्नुहोस् । ३. फोटो अपलोड गर्नुः कोही जोडी आफ्नो एक–दुईवटा फोटो नभई थुपै्र फोटोहरु अपलोड गर्न चाहन्छन्। तपाईंको यस्तो व्यवहार कोही दोस्रो व्यक्तिको लागि टाउको दुखाई हुनसक्छ । फेसबुकमा कुनै पनि जोडीले एक वा दुईवटाभन्दा अरु फोटो अपलोड गर्नु अनावश्यक मानिन्छ । ४. स्टेटसको झमेलाः यदि तपाईंको आफ्नो प्रेमीसँग झगडा भएको छ भने यसको मतलब तपाईंले आफ्नो भाव फेसबुकको वालमा दुखी भएकोस्माइली पोष्ट गरेर संसारलाई देखाउनु होइन । यस्तो अवस्थामा तपाईंआफू अफलाइन बसेर आफ्नो पार्टनरसँग कुराकानी गर्दाठिक हुन्छ । (एजेन्सी)
मानिसहरुलाई कल्पना गर्न कसैले पनि छेक्न सक्दैन । आफू एक्लै भएको बेलामा होस् वा साथीहरुको माझ, मानिसले कहिले पनि कल्पना गर्न छोड्दैन । आफू एकातिर भएपनि मानिसहरुको सोच कताकता डुलिरहेको हुन्छ । कहिले सृजनशील विषयमा सोचिरहने मानिस कहिले यौनिक कल्पनामा हराउने गर्दछन् । युवापुस्ताले यौनीक कल्पना गर्नु सामान्य नै मानिन्छ । मानिसहरु कतिपय अवस्थामा आफ्नो पार्टनरसँग यौन सम्बन्ध स्थापित गरिरहेको सोच्ने गर्दछ जसलाई सामान्य रुपमा हेरिन्छ ।यसको नकारात्मक पक्ष केहि देखिँदैन । तर आफूसँग राम्रोसँग घुलमिल नभएका मानिससँग यौनिक क्रियाकलाप गरिरहेको सोच्नुहुन्छ भने यसको असर नकारात्मक हुने एक अध्ययनले जानकारी दिएको छ । ‘द हेल्थ’ नामक वेभसाइटमा प्रकाशित एक अनुसन्धानका अनुसार आफूसँग चिनजान समेत नभएका मानिसहरुसँग सेक्स गरेको कल्पना गर्नु स्वास्थ्य र जीवनको लागि घातक हुने गर्दछ । यस्तो कल्पनाले मानिसको यौन व्यवहारमा नकारात्मक प्रभाव पार्ने र मनोरोगसमेत देखिन सक्ने उक्त अनुसन्धानले जनाएको छ । आफूसँग राम्रोसँग घुलमिल नभएका र चीनजानसमेत नभएका व्यक्तिसँग अत्यधिक रुपमा यौनिक कल्पना गर्नाले स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ । क्यानडाको ट्रेन्ट विश्वविद्यालयका डा. बेथ ए भिजरका अनुसार आफ्नो पार्टनर वा घुलमिल भएको व्यक्तिसँगको यौनिक कल्पना सामान्य भएपनि कतै देखेको मात्र र कम घुलमिल भएका व्यक्तिसँगको यौनिक कल्पना अत्यधिक मात्रामा हुनु निकै घातक मानिन्छ । कम चिनेको वा चिन्दै नचिनेको व्यक्तिको विषयमा यौनिक कल्पना गर्ने व्यक्तिमा यौन आक्रामकता बढि हुने र कतिपय अवस्थामा मनोरोगसमेत देखिने उक्त अध्ययनले देखाएको छ । अध्ययनमा १ सय ९५ जोडि महिला र पुरुषमा संलग्न थिए । त्यस्तै, ३५५ विद्यार्थीहरुलाई पनि उक्त अध्ययनमा समावेश गरिएको थियो । (एजेन्सी)
भनिन्छ हरेक मानिसमा कुनै न कुनै कला हुन्छ, मात्र त्यसलाई पत्ता लगाउन सक्नुपर्छ । जिउमा भएका टाटुका कारण चर्चित अमेरिकी मोडेल सारा एक्स मिल्सले आफ्नो यस्तै अनौठो कलाका कारण सबैलाई दंगदास बनाइदिएकी छिन् ।
२७ वर्षीया ती सुन्दरीले एक पूरानो चर्चित संगीतको धुनमा आफ्ना वक्षस्थल नचाइन् । उनले संगीतको धुनमा पूरै संगीत अवधिभर नै आफ्ना दुबै वक्षस्थल पालैपालो कलात्मक ढंगले हल्लाउन सक्छिन् ।
भियना फिलामोफिर्क अर्केस्ट्राले सन् १९३६ मा कम्पोज गरेको चर्चित साउण्ड ट्रयाक मा साराले आफ्नो वक्षकला प्रदर्शन गरेकी छिन् र त्यसको भिडियो इन्टरनेटमा अपलोड गरेसँगै त्यसले हंगामा नै मच्चाएको छ ।
उनको वक्षस्थ्लको यस्तो अद्धितीय चाल देखेर धेरैले पत्यार गरेनन् र उनलाई छलछाम गरेको र बनाबटी भिडियो बनाएको आरोप लगाए । कतिपयले साराले आफ्नो वक्षस्थलमा अदृश्य तार बाँधेर त्यसलाई तानेर वक्षस्थल हल्लाएको भने भने कतिपयले वक्षस्थल हल्ल्ाउन साराले जिउमा करेन्टको झट्का लगाएको आरोप लगाए ।
तर साराले त्यसको खण्डन गर्दै आफ्ना वक्षस्थल नक्कली भएपनि वक्षस्थलको संागितिक कला भने सक्कली भएको बताएकी छिन् । वास्तवमा उनका स्तन प्रत्यारोपण गरिएका हुन् र उनले आफ्ना छातिका मांसपेशीलाई लचकदार बनाएर सोही मार्फत स्तनलाई संगीतको तालमा हल्लाउन सफल भएकी रहेछिन् ।
आफ्नो अभियानले १० औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा ‘रभिजोर’ नामक जापनिज कम्पनीले ‘स्मार्ट ब्रा’ नामक आफ्नो उत्पादनलाई सार्वजनिक गरेको छ । आफूलाई लगाउने व्यक्ति उत्तेजक भएको अवस्थामा यो विशेष प्रकारको ब्रा आफैँ खुल्ने गर्दछ । उक्त स्मार्ट ब्रा ले प्रयोगकर्ताको मुटुको घड्कनको गतिलाई मूल्याङ्कन गर्दै उक्त सूचना स्मार्टफोनको एप्सद्वार ब्लुटुथमार्फत पठाउने गर्दछ । मुटुको धड्कनको चाललाई बुझ्दै प्रयोगकर्ता उत्तेजक भएको कुरा पुष्टि भएपछि ब्रा आफैँ खोलिने कम्पनीले जानकारी दिएको छ ।
साँचो मायाको मूल्याङ्कनकर्ता नाम दिइएको उक्त ब्रा भने अहिलेसम्म बजारमा उपलब्ध छैन । यद्यपी यो ब्रालाई त्यस्ता व्यक्तिहरुले एकपटक लगाउने सौभाग्य पाउँछन् जसले रभिजोर ब्रान्डका भित्रिवस्त्रहरु किन्न एकैपटक पाँच हजार येन खर्च गर्दछन् । हेरौँ कम्पनीले जारी गरेको अचम्मको प्रोमो भिडियोः (एजेन्सी)
काठमाडौं, कात्तिक १५ - फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई केही प्रश्न सोध्न चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने फेसबुकले तपाईंको यो चाहना पुरा गरिदिने भएको छ ।
आउँदो कात्तिक २० गते बिहीबारका दिन जुकरबर्गले फेसबुक प्रयोगकर्तासँग प्रश्नोत्तर गर्ने भएका छन् । जुगरबर्गलाई प्रश्न भने अहिले नै उनको यो पेजमा गएर राख्न सकिन्छ । तर त्यसको उत्तर भने कात्तिक २० गते मात्र पाइने छ ।
उनको पेजमा राखिएका प्रश्न मध्ये सवैभन्दा धेरै लाइक भोट पाउने प्रश्नको उत्तर दिन प्राथमिकता दिने जुकरबर्गले बताएका छन् । जुकरबर्गले प्रश्नोत्तरका लागि आधाघन्टाको समय छु्ट्याएको र त्यो समयमा उनले धेरै भन्दा धेरै प्रश्नको उत्तर दिने उनको पेजमा उल्लेख छ ।
काठमाडौं, कात्तिक १५– आउँदो डिसेम्बर महिनाको ६ दिन संसार पुरै अन्धकार हुने खबर भ्रामक, झुटो र कपोलकल्पित भएको खगोलविद्ले बताएका छन् । भ्रामक हल्ला चलाउने समूहले डिसेम्बर १६ देखि २२ तारिखसम्म विश्व पुरै अँध्यारो हुने दावी गर्दै आएका छन् ।
खगोलविद सुरेश भट्टराईले केही समूहको जमातले इन्टरनेटमा साम्राज्य जमाउन यस्ता भ्रामक हल्ला गर्ने गरेको भन्दै यसमा कुनै सत्यता नभएको बताउनुभयो ।
नासाले पनि हल्लाको खण्डन गरिसकेको छ । ६ दिन संसार अँध्यारो हुने हल्लामा कुनै सत्यता नभएको नासाले स्पष्ट पारेको छ ।
विश्व अन्धकार हुने भन्ने कुरा गलत भएको नेपाल खगोलविद् समाजले जानकारी गराएको छ । खगोलविद् सुरेश भट्टराईका अनुसार सूर्यले आफ्नो ११÷११ वर्षको जीवनचक्रमा एउटा न एउटा क्रियाकलाप जस्तै शान्त, क्रुर, तिखो देखाउँछ । ‘यस्तो बेलालाई सूर्य धेरै सक्रिय बेला पनि भनिन्छ’ खगोलविद भट्टराई भन्नुहुन्छ ।
सिनेमाको सफलता र असफलताको बिषयमा खासै चासो नराख्ने नव-नायिका अनिता आचार्यको मन एकाएक बदलिएको थियो । ढुकढुक मनले उनको धड्कनको चाललाई एक्कासी बढायो । बिहिबार बेलुकी मण्डला थिएटरमा निर्देशक ऋषि लामिछाने र कलाकार राजन खतिवडासँग प्रदर्शनका लागि तयार भएको आफ्नो चलचित्र ‘सरी ल’ को बारेमा पत्रकारसँग कुरा गर्दै गर्दा अनिता अतालिएकी थिइन् ।
‘मलाई त एक मिडियामा दर्शक हलसम्म आउने आधार ‘सरी ल’मा के छ ?’ भन्ने प्रश्न सोझिएपछि एकाएक मन अतालिएको छ, अनिताले भनिन् ।’ सिनेमा क्षेत्रको बारेमा उनको वुझाई गतिलो थिएन । तर, निर्देशक ऋषि लामिछाने धेरै यूवती हेर्दा हेर्दै थकित भएका थिए । पत्रिकामा निर्माताले अनिताको फोटो देखेपछि उनलाई नै लिन भने । ऋषि यसपछि अनिताको पछि लागे, तर अनिताले बारम्बार सिनेमा नै नखेल्ने बताइन् । आखिर किन त, अनिताले भनिन्-‘सिनेमा क्षेत्रका बारेमा परिवारले सुनेका कुरा राम्रा थिएनन् । मलाई यो क्षेत्रमा जान मेरो परिवार र समाजले प्रेरित गरेन ।’
कुरामा कुरा अगाडि बढ्दै जाँदा, अनिताको रुपबाट निर्देशक लामिछाने मोहित नै बनेको देखियो । ऋषिले अनिताको सुन्दरतामा फुलबट्टा भर्दै भने-‘अनिताको आँखा, दात्त, नाक, ओठ सबै राम्रा छन् । तर, सबैभन्दा बढी राम्रो उनको मन छ ।’ ऋषिले यसो भन्दै गर्दा अनिता लाज लाग्यो भन्दै मुख छोप्थिन् ।
यती प्रशंसाले मात्र ऋषि थाकेनन् । फेरि थपे-‘अनिता मेरो नजरमा संसारकै सुन्दर यूवती हुन् ।’ एक हिरोइनका लागि घरमा श्रीमती भएका निर्देशकको बयान ज्यादा नै थियो । ऋषि फेरि सम्हालिए र थपे-‘श्रीमतीमा सरिता र यूवतीमा अनिता संसारकै सबैभन्दा सुन्दर छन् ।’ लामो श्वास फेरे ऋषिले, सायद यो वाक्यले सरिताको मन फुर्किन्छ होला ।
अनिता त सिनेमा सुरु हुनुभन्दा अघि बाट नै फुर्किएकी छिन् । निर्देशक ऋषि दुबिधामा परे, जब यो प्रश्नकर्ताले ‘सरी ल’ की अनिता र ‘हबल्दार सुन्तली’की शिल्पा पोख्रेलमा अब्बलता छुट्टयाउन आग्रह गर्यो । प्रश्न दुबिधाको थियो, ऋषि मुस्काए मात्र । अनि थपे-‘सुन्दरता र शालिनताको कुरामा अनिता धेरै अगाडि छिन् ।’ तर पात्रका हिसाबले दुई सिनेमामा दुई हिरोइन सबैभन्दा फिट हुन् ।’
ऋषिको जवाफले अनिताको मन भरिएन । उनी, एकलाई रोज्न भन्दै थिइन्, तर ऋषिले मानेनन् । सायद, उनलाई सबैसँग काम गर्नुथियो । चलचित्रमा राजन खतिवडा अनिताको प्रेममा चुर्लुम्म डुबेका छन् । उनी पनि अनितालाई सुन्दर यूवतीको उपमा दिदै फुर्काउँदै थिए ।
यसैबिच, निर्माता कृष्णमान महर्जन आइपुगे । उनको मन थामिएको थिएन । कलाकारहरु सिनेमाको बज दर्शकसम्म नपुगेको बताउँदै गर्दा निर्माताको स्वर भिन्न सुनियो । अभाव अर्का कलाकार सुवास थापाको थियो, उनी पनि मण्डलामा देखिए ।
सुवास ‘विर्खेलाई चिन्छस्’ हिट भएपछि केही गम्भिर देखिएका छन् । उनले सिनेमा प्रचार र यसको तरिकाको कुरा गरे । जुन कुरा निर्माताका लागि खासै पचिहाल्ने थिएन । सुवास नेपालमा सिनेमा प्रचारको कुनै तरिका र योजना नभएको बताउँदै थिए । उनी, आफू मात्र होइन कुनै कलाकारमा पनि स्टारडमको दम देख्दैनन् । सुवासले यसो भन्दै गर्दा अनिता सेलिब्रेटी र कलाकारको परिभाषा खोज्दै थिइन् ।
निर्देशकले ‘फूलको आँखामा फूलै संसार’ भनेपछि मात्र अनिताले सिनेमा क्षेत्रलाई सकारात्मक देखेकी हुन् । निर्देशक ऋषि लामिछानेकी पत्नी सरिता लामिछाने अनितालाई यो क्षेत्रमा ल्याउने सशक्त पात्र हुन् । सरिताका श्रीमान्ले बनाउन लागेको सिनेमा भनेपछि मात्र अनिताको परिवारले उनलाई काम गर्न दिन राजी भएको थियो ।
प्रश्न खेले, जवाफ मडारिए । तर, पनि सबै यूनिटलाई थाहा थियो ‘सरी ल’को चर्चा दर्शकसम्म पुगेको छैन । आखिर, के त उपाय, खोजी सुरु भयो । राजनले एक साथीको जन्मदिनको केक भन्दै टेबुलमा राखिदिए । केकको स्वादले प्रचारको खोजी गर्यो । हप्ता दिनमा के गर्न सकिन्छ त, राम्रो सिनेमा दर्शकसम्म त पुग्नु पर्छ, सबैको एकै स्वर सुनियो । कात्तिक २१ गते सिनेमा लाग्दै गर्दा दर्शक हलसम्म नआए, करिअरको घन्टी कलाकारमा, लगानीको घन्टी निर्मातमा अनि नयाँ अफरको घन्टी निर्देशकमा बज्ने पक्का थियो ।
अनिता अतालिइन् । उनी आफ्नो कारणले कुनै पनि नकारात्मक चर्चा बजारमा नहोस् भन्ने चाहन्थिन् । सधै कुर्ता सुरुवाल लगाउने यी हिरोइनका लागि वन पिस स्कर्ट पनि पाच्य थिएन । आखिर, के उपायको खोजी गर्ला त यो यूनिटले । के एक सातामा यिनीहरुको दिमागमा मडारिएको चर्चाको बादल पानी बनेर बर्सेला, अनि के त्यसले दर्शकलाई भिजाउँला ? मण्डला थिएटरको भर्याङबाट ओर्लर्दै गर्दा मेरा मनमा भने यही प्रश्न खेलिरहेका थिए ।
प्रस्तुती : विजय आवाज
सामसुङ मोबाइलको नेपालका लागि अधिकारीक बिक्रेता (आइएमएस)ले पत्रकारहरूलार्इ २० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन विशेष छुटमा उपलब्ध गराउने भएको छ ।
फोटोजर्नालिस्ट क्लबको सिफारिसमा आइएमएसले सामसुङ ‘के जुम’ स्मार्टफोनमा ९ हजार रूपैयाँ छुटमा उपलब्ध गराउने भएको हो । साथै, यस स्मार्टफोन खरिदका लागि ग्लोबल आइएमई बैंकले इएमआई गरिदिने भएको छ ।
बजार मूल्य ५२ हजार रूपैयाँ रहेको के जुम पत्रकारहरूले अब ४२ हजारमा खरिद गर्न पाउने भएका छन् । यसमा २० मेगापिक्सल क्यामेरा र १० एक्स जुम रहेको छ । क्यामेराका सौखिन तथा स्मार्टफोनको पारखी पत्रकारहरुका लागि एउटै सेटमा यो सुविधा रहेको छ ।
समाचार संकलनका लागि जाने पत्रकारहरुलार्इ मोबाइलबाट तस्बिर खिचेर प्रकाशित गर्न सहज हुने बिश्वास आइएमएसका अध्यक्ष दीपक मलहोत्राले विश्वास व्यक्त गरे । कम्पनीले के जुमको साथमा ५ हजार रुपैयाँ भन्दा बढि पर्ने कभर पनि सित्तैमा उपलब्ध गराउने भएको छ ।
कम्पनीले अधिकतम २ सय सेट पत्रकारलार्इ विशेष छुटमा उपलब्ध गराउन सक्ने मलहोत्राले जानकारी दिए । छुटमा स्मार्टफोन लिनका लागि पत्रकारले फोटो जर्नालिष्ट क्लबको सिफारिस लिनुपर्ने छ । क्लवका सदस्यहरूका हकमा भने सिफारिसको अवश्यकता नपर्ने बताइएको छ ।
स्मार्टफोन किस्तामा समेत लिन सकिने छ । २० हजार डाउन पेमेन्ट गरेर एक वर्षका लागि बिनाब्याज किस्ताबन्दीमा स्मार्टफोन लिन सकिने ग्लोबल अइएमइ बैंकका डेपुटी चिफ एक्जुकेटिभ अफिसर जनक शर्माले बताए ।
बैंकले पत्रकारको फाइनान्सियल कन्डिसन, सम्बन्धित समाचार संस्थाको सिफारिसका आधारमा इएमआई गर्ने र सकेसम्म छिटो बिधीबाट ऋण प्रबाह गर्ने शर्माले जानकारी दिए । एक वर्षभन्दा बढीका लागि किस्तावन्दीमा लिनुपरेमा त्यसको भने बैंकको नियमअनुसार ब्याज बुझाउनुपर्ने हुन्छ ।
आइएमएसका अध्यक्ष दिपक मलहोत्राले यो छुट योजना सिमित स्मार्टफोनमा मात्र भएकाले पत्रकारलार्इ छिटो फाइदा लिन आग्रह गरे । सित्तैमा उपलब्ध गराएको केजुमको कभर प्रयोगपछि स्मार्टफोन खस्दा पनि नफुट्ने आइएमएसको दाबी छ ।
आइएमसले नेपाली मार्केटमा दुर्इ महिनाको अवधिमा २२ सय वटा ग्यालेक्सी केजुम बिक्री गरिसकेको अध्यक्ष मलहोत्राले जानकारी दिए ।
प्राकृतीक प्रकोपमा भन्दा दुर्घटनामा बढ्दो मानवीय क्षती
यस्तो घटना क्रम नरोकिने हो भने हाल सम्म विश्वमा सवारी दुर्घटना परेर सवै भन्दा धेरै मानीसको मृत्यु हुने देश चिन भएपनि अबको केहि बर्षमा नेपालले यो स्थान नपाउला भन्न सकिनन ।
चाडपर्वको समयमा यात्रुहरुको चाप बढ्ने समयमा नै दैनीक जसो अखरबारको पानामा, टेलीभिजिनकको पर्दामा, रेडीयोको ध्वनीमा अनी अनलाईन समचारका भित्ताहरुमा सडक दुर्घटना र मानीसको मृत्युको खबरले हामीलाई दुखी बनाएको छ । विगतमा द्धन्द्धकालको समयमा हुने मानीस मृत्युको समाचारबाट केहि समय राहात महशुस गरेका हामी आम नेपालीहरुलाई आज भोली यस्ता भयानक दर्दानाक दृश्य देख्दा असहय पिडा बोध हुन्छ । अझ शहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा संञ्चालन हुने सार्वजनीक यातायातका साधन दुर्घटना हुदाँ त स्थिती हामीले सोचे भन्दा विकराल हुन्छ । एउटै गाउँ र ठाउँमा दर्जनौ मानीस बस वा जिप पल्टीदा दुर्घटनामा पर्दा मलामी जाने मानीस समेत नहुदाँ अन्तीम संस्कार गर्न समेत कठिनाई परेको सुन्नु पर्दा आम मानीसको हृदय चसक्क घोच्छ ।
यसरी दैनीक दुर्घटना हुदाँ धन र जनको क्षती भइरहेको अवस्थामा समबन्धीत निकाय बेखबर जस्तै हुन्छ अनी सानो वक्क्तय निकालेर दुख प्रकट गर्छ । आकाशमा उड्ने हवाई जहाजमा २ जना यात्रुको मृत्य हुँदा जाँचबुझ आयोग गठन गर्ने सरकारले सडकमा यात्रा गर्ने सयौ नेपालीको मृत्यु पछि केहि हप्ता अघि डोटीमा २९ जनाको ज्यान जाने गरि भएको दुर्घटना पछि भने आयोग गठन गरेको छ । तर आयोग गठन हुदैमा सडकमा हुने मानविय क्षती नहुने त होइन तर कम हुनु पर्दछ । राजनितिक आडमा जता जतै मौलाएको डनवाद यातायात क्षेत्रमा झन् चर्को छ आफ्नो सवारी साधन चलेको रुटमा अरुलाई प्रतीस्प्रर्धा गर्न नदिने भुसका बोरा खादे जसरी यात्रु बोक्ने सिण्डीकेट महाराजलाई राज्यले तह लगाउन नसक्नु पनि दुर्घटनाको एउटा कारण हो । एउटा भौतीक पूर्वाधार कमजोर सडकमा सवारीको क्षमता भन्दा तिन गुणा धेरै यात्रु बोक्दा सय दुई रुपैयाको लोभमा देखेर नदेखे जस्तै गर्ने प्रहरी,रुट परमिट बिना यातायाच चल्न दिने स्थानीय प्रशासन, जसरी भए पनि जानु यात्रुको बाध्यता, साँझमा १ हजार टाका मार्न माईने आशामा मानवता बिर्सने परिचालक,चालक र क्षमता दक्षता नभइएका लाई सवारी चलाउन दिने मालीक यि सवै दुर्घटनाका कारण हुन् । सवारी चालक र यात्रुमा थोरै चेतना हुन सके मात्र पनि यस्ता घटनामा कमि आउछ । चालकले ट्राफीक नियम पालना गर्ने, मदिरा सेवन नगर्ने , तिब्र गतिमा सवारी नचलाउने हो र ट्राफीकले नियम तोडनेलाई कडा कारवाहि गर्ने परिपाटी विकाश गर्न सके पनि यसबाट सकारात्म प्रभाव पर्ने निश्चित छ ।
५÷१० हजार घुस यातायातका कर्मचारीलाई तिरेर चालक अनुमति पत्र पाईने १८ वर्ष कटेपछि जस्तो पनि सवारी हाँक्न पाउने भएपछि अनुभव बिहिनले लामो रुटमा सवारी चलाउदा झन दुर्घटना बढेको छ । कुन क्षमताको कस्तो सवारी चलाउन कति उमेर चाहिने कति समयको अनुभव पछि मात्र यात्रु बोक्ने सवारी चलाउन पाउने भन्ने कानुन जब सम्म राज्यले बनाउदैन तब सम्म यो दुख सवै नेपालीलाई परि रहन्छ । मुलुकमा विध्यमान सवारी कानुनमा कडा व्यवस्था नभए सम्म यो हालत पछिल्लो कति पुस्ता भोग्न पर्ने बाध्यता कायम रहने प्रष्ट छ । केहि समय अघि काठमाडौमा माइक्रो बसको दादागीरीमा परी निधन भएकी गायीका मञ्जु महतको दुर्घटना पछि चलेको सवारी नियम सम्बन्धी बसह अझै निष्र्कशमा पुगेको छैन । कुनै पनि सवारी चालकले मानीस मार्दा ज्यानमार मुद्धा लगाएर जेल पठाउने कानुन बनाउने बिषयमा कानुनका ठेकेदारहरु बिच कुरा नमिल्दा यो छलफल पनि कहिल्यै घर नबनाउने छेपाराको उखान जस्तै भएको छ । शहरमा माइक्रो र ट्रिपरले आतंकित मानीस गाउँतिर जिप र बस पल्टीदा त्रसीत बनेका छन् । एकातिर राज्यले सवारीले आयातमा २ सय प्रतीशत कर लगाउदाँ जो कोहिले निजी सवारी साधन किन्न सक्दैनन् । जसरी भएपनि यात्रा गर्नु पर्ने बाध्यता त छदै छ अर्को तर्फ आफेनै सुरमा सडक पेटीमा हिड्दा पनि ज्यान जाने डर छ । गाडी चढे पनि भिर हिडे पनि चालकको तिर नेपाली हामीलाई यो कस्तो पिर ।
चाडपर्वको समयमा यात्रुहरुको चाप बढ्ने समयमा नै दैनीक जसो अखरबारको पानामा, टेलीभिजिनकको पर्दामा, रेडीयोको ध्वनीमा अनी अनलाईन समचारका भित्ताहरुमा सडक दुर्घटना र मानीसको मृत्युको खबरले हामीलाई दुखी बनाएको छ । विगतमा द्धन्द्धकालको समयमा हुने मानीस मृत्युको समाचारबाट केहि समय राहात महशुस गरेका हामी आम नेपालीहरुलाई आज भोली यस्ता भयानक दर्दानाक दृश्य देख्दा असहय पिडा बोध हुन्छ । अझ शहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा संञ्चालन हुने सार्वजनीक यातायातका साधन दुर्घटना हुदाँ त स्थिती हामीले सोचे भन्दा विकराल हुन्छ । एउटै गाउँ र ठाउँमा दर्जनौ मानीस बस वा जिप पल्टीदा दुर्घटनामा पर्दा मलामी जाने मानीस समेत नहुदाँ अन्तीम संस्कार गर्न समेत कठिनाई परेको सुन्नु पर्दा आम मानीसको हृदय चसक्क घोच्छ ।
यसरी दैनीक दुर्घटना हुदाँ धन र जनको क्षती भइरहेको अवस्थामा समबन्धीत निकाय बेखबर जस्तै हुन्छ अनी सानो वक्क्तय निकालेर दुख प्रकट गर्छ । आकाशमा उड्ने हवाई जहाजमा २ जना यात्रुको मृत्य हुँदा जाँचबुझ आयोग गठन गर्ने सरकारले सडकमा यात्रा गर्ने सयौ नेपालीको मृत्यु पछि केहि हप्ता अघि डोटीमा २९ जनाको ज्यान जाने गरि भएको दुर्घटना पछि भने आयोग गठन गरेको छ । तर आयोग गठन हुदैमा सडकमा हुने मानविय क्षती नहुने त होइन तर कम हुनु पर्दछ । राजनितिक आडमा जता जतै मौलाएको डनवाद यातायात क्षेत्रमा झन् चर्को छ आफ्नो सवारी साधन चलेको रुटमा अरुलाई प्रतीस्प्रर्धा गर्न नदिने भुसका बोरा खादे जसरी यात्रु बोक्ने सिण्डीकेट महाराजलाई राज्यले तह लगाउन नसक्नु पनि दुर्घटनाको एउटा कारण हो । एउटा भौतीक पूर्वाधार कमजोर सडकमा सवारीको क्षमता भन्दा तिन गुणा धेरै यात्रु बोक्दा सय दुई रुपैयाको लोभमा देखेर नदेखे जस्तै गर्ने प्रहरी,रुट परमिट बिना यातायाच चल्न दिने स्थानीय प्रशासन, जसरी भए पनि जानु यात्रुको बाध्यता, साँझमा १ हजार टाका मार्न माईने आशामा मानवता बिर्सने परिचालक,चालक र क्षमता दक्षता नभइएका लाई सवारी चलाउन दिने मालीक यि सवै दुर्घटनाका कारण हुन् । सवारी चालक र यात्रुमा थोरै चेतना हुन सके मात्र पनि यस्ता घटनामा कमि आउछ । चालकले ट्राफीक नियम पालना गर्ने, मदिरा सेवन नगर्ने , तिब्र गतिमा सवारी नचलाउने हो र ट्राफीकले नियम तोडनेलाई कडा कारवाहि गर्ने परिपाटी विकाश गर्न सके पनि यसबाट सकारात्म प्रभाव पर्ने निश्चित छ ।
५÷१० हजार घुस यातायातका कर्मचारीलाई तिरेर चालक अनुमति पत्र पाईने १८ वर्ष कटेपछि जस्तो पनि सवारी हाँक्न पाउने भएपछि अनुभव बिहिनले लामो रुटमा सवारी चलाउदा झन दुर्घटना बढेको छ । कुन क्षमताको कस्तो सवारी चलाउन कति उमेर चाहिने कति समयको अनुभव पछि मात्र यात्रु बोक्ने सवारी चलाउन पाउने भन्ने कानुन जब सम्म राज्यले बनाउदैन तब सम्म यो दुख सवै नेपालीलाई परि रहन्छ । मुलुकमा विध्यमान सवारी कानुनमा कडा व्यवस्था नभए सम्म यो हालत पछिल्लो कति पुस्ता भोग्न पर्ने बाध्यता कायम रहने प्रष्ट छ । केहि समय अघि काठमाडौमा माइक्रो बसको दादागीरीमा परी निधन भएकी गायीका मञ्जु महतको दुर्घटना पछि चलेको सवारी नियम सम्बन्धी बसह अझै निष्र्कशमा पुगेको छैन । कुनै पनि सवारी चालकले मानीस मार्दा ज्यानमार मुद्धा लगाएर जेल पठाउने कानुन बनाउने बिषयमा कानुनका ठेकेदारहरु बिच कुरा नमिल्दा यो छलफल पनि कहिल्यै घर नबनाउने छेपाराको उखान जस्तै भएको छ । शहरमा माइक्रो र ट्रिपरले आतंकित मानीस गाउँतिर जिप र बस पल्टीदा त्रसीत बनेका छन् । एकातिर राज्यले सवारीले आयातमा २ सय प्रतीशत कर लगाउदाँ जो कोहिले निजी सवारी साधन किन्न सक्दैनन् । जसरी भएपनि यात्रा गर्नु पर्ने बाध्यता त छदै छ अर्को तर्फ आफेनै सुरमा सडक पेटीमा हिड्दा पनि ज्यान जाने डर छ । गाडी चढे पनि भिर हिडे पनि चालकको तिर नेपाली हामीलाई यो कस्तो पिर ।
काठमाडौं, कात्तिक १४ - मौसममा अकस्मात आउने परिवर्तनले पुर्याउने क्षति न्युनिकरण गर्न सरकारले पहल थालेको छ । सरकारले समयमै आवश्यक पहल नगर्दा अचानक हुने मौसम बदलीले ठूलो क्षति पुगेको भन्दै चौतर्फी आलोचना भएपछि क्षति कम गर्न बेलैमा सूचना दिन संयन्त्र बनाउने निर्णय भएको छ ।
संयन्त्रमा गृह, संघिय मामिला तथा स्थानीय विकास, सूचना तथा सञ्चार र कृषि विकास मन्त्रालयका प्रतिनिधि रहने र आवश्यक परेमा विज्ञलाई पनि सहभागी गराउने निर्णय भएको छ ।
त्यस्तै सुचनालाई प्रभावकारी बनाउन मौसम विभागको वेवसाइटलाई पनि अद्यावधिक तथा सूचनाका लागि टोल फ्रि नम्बरको व्यवस्था गरिने विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले जनाएको छ । दुईहप्ता अघि हुदहुद आँधीले मौसम अचानक परिवर्तन हुँदा पैदलयात्रामा रहेका तीसभन्दा धेरै पर्यटकको ज्यान गएको थियो ।
त्यसैले आउँदा दिनमा पैदलयात्रा गर्ने पर्यटकलाई मौसम बारे जानकारी दिन पर्यटन व्यावसायी, पर्यटन संरक्षण क्षेत्रको चेकप्वाइन्ट, हवाइ अड्डा, गाविस, नगरपालिका, प्रहरी चौकी, जिल्ला प्रशासन कार्यलय जस्ता सम्पर्क हुने ठाउँमा मौसम सम्बन्धी सूचना राख्ने पनि निर्णय भएको छ ।
ओखलढुंगा, कात्तिक १४– स्थानीयबासीको सक्रियतामा ओखलढुंगा सामुदायिक अस्पताल परिसरमा जाँड, रक्सी बिक्री वितरणमा रोक लगाएको छ । जाँड, रक्सी उत्पादन तथा बिक्रीवितरणले समाज र अस्पतालमा आउने विरामी तथा कुरुवालाई समेत नकारात्मक असर गर्ने भएकाले अस्पताल परिसरका यस्ता पदार्थ रोक लगाएको हो ।
अस्पतालद्धारा सञ्चालित लालूपाते क्लबको अगुवाईमा नागरिक समाज, व्यापारी, होटल व्यवसायी लगायतको सहमतिमा अस्पताल परिसारलाई जाँड, रक्सी निषेधित क्षेत्र घोषणा गरेको क्लबका अध्यक्ष तिलक राईले जानकारी दिनुभयो ।
यो घोषणासँगै अस्पताल वरिपरि करिब ५ सय मिटरसम्म जाँड, रक्सी वेचविखन र सेवन गर्न नपाईने, यदि कसैले अटेर गरे तत्काल कारवाही गरिने नियम लागू भएको छ । अहिले आसपासका सडक र होटलमा ‘यहाँ जाँड रक्सी पाइँदैन’ र ‘यो मदिरा निषेधित क्षेत्र हो’ जस्ता सन्देश लेखिएका बोर्ड राखिएका छन् ।
जाँड रक्सी कारण विभिन्न अकल्पनीय घटना घट्ने, मानव स्वास्थ्यमा गम्भिर असर पर्ने भएकोले क्लवको अभियान स्वागत योग्य भएकोे सहायक प्रमुख जिल्ला अधिकारी गुणराज भटराईले बताउनुभयो । क्लबले केहि वर्षदेखि निरन्तर जाँड रक्सीको कुलतमा परेकालार्ई पुनर्स्थापना गर्ने काम गरिरहेको छ ।
तस्वीरः शिव ढुंगाना/उज्यालो
कात्तिक १४ - मलेसियमा भएको आइसिसी डिभिजन थ्री क्रिकेटको उपाधि जितेर नेपाल फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्वागत गर्न क्रिकेट समर्थकहरु बिहान ११ बजेदेखि नै बिमानस्थलमा पुगिसकेका थिए ।
नेपाली क्रिकेट टोली कप बोकेर बाहिर निस्किँदा १ बज्नै लागेको थियो । यो २ घण्टाको बिचमा क्रिकेट समर्थहरुले नेपाली क्रिकेट टिमको स्वागतमा नारा लगाएर बसे ।
यो जित कसको – नेपालको
पारस दाइ आउनु भो – डिभिजन थ्री ल्याउनु भो
डिभिजन थ्रि त पाईयो – स्टेडियम चाहियो ।
डिभिजन टू जित्ने छौं – १९ को विश्वकप खेल्ने छौं ।
टुँडिखेलमा खेलेर डिभिजन थ्री त पाईयो – अब हाम्रो नेपालमा स्टेडियम चाहयो ।
पारस दाइ आउनु भो – डिभिजन थ्री ल्याउनु भो
डिभिजन थ्रि त पाईयो – स्टेडियम चाहियो ।
डिभिजन टू जित्ने छौं – १९ को विश्वकप खेल्ने छौं ।
टुँडिखेलमा खेलेर डिभिजन थ्री त पाईयो – अब हाम्रो नेपालमा स्टेडियम चाहयो ।
समर्थकले विमानस्थलमा यी नारा लगाईरहँदा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराल लामा र र क्यानका कार्यबहाक महासचिव उत्तमकुमार कर्माचार्यसहित अरु पदाधिकारी पनि त्यही थिए ।
कात्तिक ११ - वैज्ञानिकहरुले घातक इबोला भाइरस संक्रमण आधा घण्टामै थाहा पाउन सकिने प्रविधिको विकास गरेका छन् । अमेरिकाका बैज्ञानिकहरुले यो प्रविधि छिटै चिकित्सकलाई उपलब्ध गराउने बताएका छन् ।
बैज्ञानिकले ब्लाटिंग पेपरको मद्दतले इबोला भाइरसको संक्रमण थाहा पाउन सकिने प्रविधिको विकास गरेका हुन् । इबोलाको परीक्षण गर्न वैज्ञानिकले एक जैविक घोल बनाएका छन् जसमा राइबोन्यूक्लिक एसिड मिलाएका छन् । यो एसिडबाट मानिसको अनुवांशिकमा प्रमुख भुमिका खेल्ने उनीहरुले बताएका छन् ।
इबोलाको महामारी फैलिदै गएपछि यसको रोकथामका प्रयास भैरहेको छ ।
उदयपुर, कात्तिक १४ - उदयपुरको बेल्टारबसाहा नगरपालिमा शुक्रबार दिउँसो बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । बेल्टारबसाहा नगरपालिका–७ शनीबारे चोकमा बसले ठक्कर दिँदा स्थानीय नवराज पुरीका तीन बर्षका छोरा सुमन पुरीको घटनास्थलमा नै ज्यान गएको हो ।
बसाहाबाट यात्रु बोकी काठमाडौंका लागि छुटेको ना.४.ख. ७७२६ नम्बरको बसले पुरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी टेकबहादुर गुरुङ्गले बताउनुभयो । ठक्कर दिएर भागेको बस र चालकलाई सप्तरीको फत्तेपुर प्रहरी चौकीले पक्रेको गुरुङ्गले बताउनुभयो ।
ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याई थपअनुसन्धान गरी कारवाही प्रकृया अगाडी बढाईने गुरुङ्गले बताउनुभयो ।
काठमाडौं, कात्तिक १४– काठमाडौंबाट शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ले राम्रो सुरुवात गरेको छ । काठमाडौंका झण्डै एक दर्जन बढी हलहरुबाट प्रदर्शन आरम्भ गरेको टुल्के राजधानी बाहिर भने कात्तिक २१ गतेदेखि मात्रै प्रदर्शनमा आउनेछ ।
क्युएफएक्स अन्तरर्गत सिभिल मल, कुमारी, जय नेपाल हलमा चलचित्रका लागि ७ शो छुट्याईएको छ । त्यस्तै बिग मुभिज, सिने दि सेफ, गोपीकृष्णा, अष्टनारायण, गुण सिनेमालगायतका हलहरुमा पनि चलचित्रको प्रदर्शन भईरहेको छ ।
राजधानीको मुख्य मल्टिप्लेक्स क्युएफएक्स अन्तर्गतको सिभिल मल, जय नेपाल र कुमारी हलमा ‘टलकजंग भर्सेस टुल्के’ को अग्रिम टिकट बुकिङ खुल्ला गरिएका थियो । कतिपय शोहरु शनिबारसम्मको लागि अग्रिम बुकिङ्ग ‘फुल’ भएको निर्माण युनिटले जानकारी गराएको छ ।
‘बिहानीको शोबाट सन्तुष्ट छौ, दोस्रो शो मा पनि अकुपेन्सी राम्रै छ, प्रायः हलमा दर्शक हाउसफुल नजिक छन्’, चलचित्रका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँले भने ‘चलचित्रमा हामीले देखाउन खोजेको कुरालाई दर्शकले निकै राम्रो मानेका छन, हामीलाई यसले झन खुशी दिएको छ’ ।
चलचित्रका निर्देशक निश्चल टुल्के हेर्न लुटको ह्याङ्गओभर लिएर नआउन अनुरोध गर्छन । ‘टुल्के, लुट जस्तो छैन, यसमा भिन्नै परिवेशको कथा देखाउने कोशिस गरेको छु’, बस्नेतले भने ‘टुल्केमा आफ्नै किसिमको मज्जा छ,
टुल्केमा देखाईएको नेपालीपन अनि हाम्रो आफ्नै कथालाई दर्शकले रुचाएको पाईयो ।’ सुपरहिट चलचित्र ‘लुट’ का निर्देशक निश्चल बस्नेतको निर्देशनमा बनेको फिल्म ‘टलकजंग भर्सेस टुल्के’ मा खगेन्द्र लामिछाने, ऋचा शर्मा, दयाहाङ्ग राई, सुशांक मैनाली, रजनी गुरुङ्ग, प्रकास घिमिरे, राज थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
टुल्केमा देखाईएको नेपालीपन अनि हाम्रो आफ्नै कथालाई दर्शकले रुचाएको पाईयो ।’ सुपरहिट चलचित्र ‘लुट’ का निर्देशक निश्चल बस्नेतको निर्देशनमा बनेको फिल्म ‘टलकजंग भर्सेस टुल्के’ मा खगेन्द्र लामिछाने, ऋचा शर्मा, दयाहाङ्ग राई, सुशांक मैनाली, रजनी गुरुङ्ग, प्रकास घिमिरे, राज थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
लप्पन छप्पन नजान्ने एक सोझो गाँउले ठिटोले आफ्नो गुमेको परिचय खोज्न गरेको संघर्षको कथालाई चलचित्रमा उठान गरिएको छ । द्वन्द्वको परिवेश भित्रको समाज कसरी अगाडि बढिरहेको हुन्छ त ? के कस्ता षडयन्त्रका तानाबाना बुनिन्छन् त ? भन्ने बिषय पनि चलचित्रले उठान गरेको छ । षटकोण आर्टस् र ब्ल्याकहर्स पिक्चर्सको संयुक्त ब्यानरमा बनेको यो चलचित्रमा रामकुमार बनिया, रोजिना सिटौला र सीता श्रेष्ठको पनि लगानी रहेको छ ।






.jpg)








