काठमाडौं, कात्तिक १५– आउँदो डिसेम्बर महिनाको ६ दिन संसार पुरै अन्धकार हुने खबर भ्रामक, झुटो र कपोलकल्पित भएको खगोलविद्ले बताएका छन् । भ्रामक हल्ला चलाउने समूहले डिसेम्बर १६ देखि २२ तारिखसम्म विश्व पुरै अँध्यारो हुने दावी गर्दै आएका छन् ।
खगोलविद सुरेश भट्टराईले केही समूहको जमातले इन्टरनेटमा साम्राज्य जमाउन यस्ता भ्रामक हल्ला गर्ने गरेको भन्दै यसमा कुनै सत्यता नभएको बताउनुभयो ।
नासाले पनि हल्लाको खण्डन गरिसकेको छ । ६ दिन संसार अँध्यारो हुने हल्लामा कुनै सत्यता नभएको नासाले स्पष्ट पारेको छ ।
विश्व अन्धकार हुने भन्ने कुरा गलत भएको नेपाल खगोलविद् समाजले जानकारी गराएको छ । खगोलविद् सुरेश भट्टराईका अनुसार सूर्यले आफ्नो ११÷११ वर्षको जीवनचक्रमा एउटा न एउटा क्रियाकलाप जस्तै शान्त, क्रुर, तिखो देखाउँछ । ‘यस्तो बेलालाई सूर्य धेरै सक्रिय बेला पनि भनिन्छ’ खगोलविद भट्टराई भन्नुहुन्छ ।
सिनेमाको सफलता र असफलताको बिषयमा खासै चासो नराख्ने नव-नायिका अनिता आचार्यको मन एकाएक बदलिएको थियो । ढुकढुक मनले उनको धड्कनको चाललाई एक्कासी बढायो । बिहिबार बेलुकी मण्डला थिएटरमा निर्देशक ऋषि लामिछाने र कलाकार राजन खतिवडासँग प्रदर्शनका लागि तयार भएको आफ्नो चलचित्र ‘सरी ल’ को बारेमा पत्रकारसँग कुरा गर्दै गर्दा अनिता अतालिएकी थिइन् ।
‘मलाई त एक मिडियामा दर्शक हलसम्म आउने आधार ‘सरी ल’मा के छ ?’ भन्ने प्रश्न सोझिएपछि एकाएक मन अतालिएको छ, अनिताले भनिन् ।’ सिनेमा क्षेत्रको बारेमा उनको वुझाई गतिलो थिएन । तर, निर्देशक ऋषि लामिछाने धेरै यूवती हेर्दा हेर्दै थकित भएका थिए । पत्रिकामा निर्माताले अनिताको फोटो देखेपछि उनलाई नै लिन भने । ऋषि यसपछि अनिताको पछि लागे, तर अनिताले बारम्बार सिनेमा नै नखेल्ने बताइन् । आखिर किन त, अनिताले भनिन्-‘सिनेमा क्षेत्रका बारेमा परिवारले सुनेका कुरा राम्रा थिएनन् । मलाई यो क्षेत्रमा जान मेरो परिवार र समाजले प्रेरित गरेन ।’
कुरामा कुरा अगाडि बढ्दै जाँदा, अनिताको रुपबाट निर्देशक लामिछाने मोहित नै बनेको देखियो । ऋषिले अनिताको सुन्दरतामा फुलबट्टा भर्दै भने-‘अनिताको आँखा, दात्त, नाक, ओठ सबै राम्रा छन् । तर, सबैभन्दा बढी राम्रो उनको मन छ ।’ ऋषिले यसो भन्दै गर्दा अनिता लाज लाग्यो भन्दै मुख छोप्थिन् ।
यती प्रशंसाले मात्र ऋषि थाकेनन् । फेरि थपे-‘अनिता मेरो नजरमा संसारकै सुन्दर यूवती हुन् ।’ एक हिरोइनका लागि घरमा श्रीमती भएका निर्देशकको बयान ज्यादा नै थियो । ऋषि फेरि सम्हालिए र थपे-‘श्रीमतीमा सरिता र यूवतीमा अनिता संसारकै सबैभन्दा सुन्दर छन् ।’ लामो श्वास फेरे ऋषिले, सायद यो वाक्यले सरिताको मन फुर्किन्छ होला ।
अनिता त सिनेमा सुरु हुनुभन्दा अघि बाट नै फुर्किएकी छिन् । निर्देशक ऋषि दुबिधामा परे, जब यो प्रश्नकर्ताले ‘सरी ल’ की अनिता र ‘हबल्दार सुन्तली’की शिल्पा पोख्रेलमा अब्बलता छुट्टयाउन आग्रह गर्यो । प्रश्न दुबिधाको थियो, ऋषि मुस्काए मात्र । अनि थपे-‘सुन्दरता र शालिनताको कुरामा अनिता धेरै अगाडि छिन् ।’ तर पात्रका हिसाबले दुई सिनेमामा दुई हिरोइन सबैभन्दा फिट हुन् ।’
ऋषिको जवाफले अनिताको मन भरिएन । उनी, एकलाई रोज्न भन्दै थिइन्, तर ऋषिले मानेनन् । सायद, उनलाई सबैसँग काम गर्नुथियो । चलचित्रमा राजन खतिवडा अनिताको प्रेममा चुर्लुम्म डुबेका छन् । उनी पनि अनितालाई सुन्दर यूवतीको उपमा दिदै फुर्काउँदै थिए ।
यसैबिच, निर्माता कृष्णमान महर्जन आइपुगे । उनको मन थामिएको थिएन । कलाकारहरु सिनेमाको बज दर्शकसम्म नपुगेको बताउँदै गर्दा निर्माताको स्वर भिन्न सुनियो । अभाव अर्का कलाकार सुवास थापाको थियो, उनी पनि मण्डलामा देखिए ।
सुवास ‘विर्खेलाई चिन्छस्’ हिट भएपछि केही गम्भिर देखिएका छन् । उनले सिनेमा प्रचार र यसको तरिकाको कुरा गरे । जुन कुरा निर्माताका लागि खासै पचिहाल्ने थिएन । सुवास नेपालमा सिनेमा प्रचारको कुनै तरिका र योजना नभएको बताउँदै थिए । उनी, आफू मात्र होइन कुनै कलाकारमा पनि स्टारडमको दम देख्दैनन् । सुवासले यसो भन्दै गर्दा अनिता सेलिब्रेटी र कलाकारको परिभाषा खोज्दै थिइन् ।
निर्देशकले ‘फूलको आँखामा फूलै संसार’ भनेपछि मात्र अनिताले सिनेमा क्षेत्रलाई सकारात्मक देखेकी हुन् । निर्देशक ऋषि लामिछानेकी पत्नी सरिता लामिछाने अनितालाई यो क्षेत्रमा ल्याउने सशक्त पात्र हुन् । सरिताका श्रीमान्ले बनाउन लागेको सिनेमा भनेपछि मात्र अनिताको परिवारले उनलाई काम गर्न दिन राजी भएको थियो ।
प्रश्न खेले, जवाफ मडारिए । तर, पनि सबै यूनिटलाई थाहा थियो ‘सरी ल’को चर्चा दर्शकसम्म पुगेको छैन । आखिर, के त उपाय, खोजी सुरु भयो । राजनले एक साथीको जन्मदिनको केक भन्दै टेबुलमा राखिदिए । केकको स्वादले प्रचारको खोजी गर्यो । हप्ता दिनमा के गर्न सकिन्छ त, राम्रो सिनेमा दर्शकसम्म त पुग्नु पर्छ, सबैको एकै स्वर सुनियो । कात्तिक २१ गते सिनेमा लाग्दै गर्दा दर्शक हलसम्म नआए, करिअरको घन्टी कलाकारमा, लगानीको घन्टी निर्मातमा अनि नयाँ अफरको घन्टी निर्देशकमा बज्ने पक्का थियो ।
अनिता अतालिइन् । उनी आफ्नो कारणले कुनै पनि नकारात्मक चर्चा बजारमा नहोस् भन्ने चाहन्थिन् । सधै कुर्ता सुरुवाल लगाउने यी हिरोइनका लागि वन पिस स्कर्ट पनि पाच्य थिएन । आखिर, के उपायको खोजी गर्ला त यो यूनिटले । के एक सातामा यिनीहरुको दिमागमा मडारिएको चर्चाको बादल पानी बनेर बर्सेला, अनि के त्यसले दर्शकलाई भिजाउँला ? मण्डला थिएटरको भर्याङबाट ओर्लर्दै गर्दा मेरा मनमा भने यही प्रश्न खेलिरहेका थिए ।
प्रस्तुती : विजय आवाज
सामसुङ मोबाइलको नेपालका लागि अधिकारीक बिक्रेता (आइएमएस)ले पत्रकारहरूलार्इ २० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन विशेष छुटमा उपलब्ध गराउने भएको छ ।
फोटोजर्नालिस्ट क्लबको सिफारिसमा आइएमएसले सामसुङ ‘के जुम’ स्मार्टफोनमा ९ हजार रूपैयाँ छुटमा उपलब्ध गराउने भएको हो । साथै, यस स्मार्टफोन खरिदका लागि ग्लोबल आइएमई बैंकले इएमआई गरिदिने भएको छ ।
बजार मूल्य ५२ हजार रूपैयाँ रहेको के जुम पत्रकारहरूले अब ४२ हजारमा खरिद गर्न पाउने भएका छन् । यसमा २० मेगापिक्सल क्यामेरा र १० एक्स जुम रहेको छ । क्यामेराका सौखिन तथा स्मार्टफोनको पारखी पत्रकारहरुका लागि एउटै सेटमा यो सुविधा रहेको छ ।
समाचार संकलनका लागि जाने पत्रकारहरुलार्इ मोबाइलबाट तस्बिर खिचेर प्रकाशित गर्न सहज हुने बिश्वास आइएमएसका अध्यक्ष दीपक मलहोत्राले विश्वास व्यक्त गरे । कम्पनीले के जुमको साथमा ५ हजार रुपैयाँ भन्दा बढि पर्ने कभर पनि सित्तैमा उपलब्ध गराउने भएको छ ।
कम्पनीले अधिकतम २ सय सेट पत्रकारलार्इ विशेष छुटमा उपलब्ध गराउन सक्ने मलहोत्राले जानकारी दिए । छुटमा स्मार्टफोन लिनका लागि पत्रकारले फोटो जर्नालिष्ट क्लबको सिफारिस लिनुपर्ने छ । क्लवका सदस्यहरूका हकमा भने सिफारिसको अवश्यकता नपर्ने बताइएको छ ।
स्मार्टफोन किस्तामा समेत लिन सकिने छ । २० हजार डाउन पेमेन्ट गरेर एक वर्षका लागि बिनाब्याज किस्ताबन्दीमा स्मार्टफोन लिन सकिने ग्लोबल अइएमइ बैंकका डेपुटी चिफ एक्जुकेटिभ अफिसर जनक शर्माले बताए ।
बैंकले पत्रकारको फाइनान्सियल कन्डिसन, सम्बन्धित समाचार संस्थाको सिफारिसका आधारमा इएमआई गर्ने र सकेसम्म छिटो बिधीबाट ऋण प्रबाह गर्ने शर्माले जानकारी दिए । एक वर्षभन्दा बढीका लागि किस्तावन्दीमा लिनुपरेमा त्यसको भने बैंकको नियमअनुसार ब्याज बुझाउनुपर्ने हुन्छ ।
आइएमएसका अध्यक्ष दिपक मलहोत्राले यो छुट योजना सिमित स्मार्टफोनमा मात्र भएकाले पत्रकारलार्इ छिटो फाइदा लिन आग्रह गरे । सित्तैमा उपलब्ध गराएको केजुमको कभर प्रयोगपछि स्मार्टफोन खस्दा पनि नफुट्ने आइएमएसको दाबी छ ।
आइएमसले नेपाली मार्केटमा दुर्इ महिनाको अवधिमा २२ सय वटा ग्यालेक्सी केजुम बिक्री गरिसकेको अध्यक्ष मलहोत्राले जानकारी दिए ।
प्राकृतीक प्रकोपमा भन्दा दुर्घटनामा बढ्दो मानवीय क्षती
यस्तो घटना क्रम नरोकिने हो भने हाल सम्म विश्वमा सवारी दुर्घटना परेर सवै भन्दा धेरै मानीसको मृत्यु हुने देश चिन भएपनि अबको केहि बर्षमा नेपालले यो स्थान नपाउला भन्न सकिनन ।
चाडपर्वको समयमा यात्रुहरुको चाप बढ्ने समयमा नै दैनीक जसो अखरबारको पानामा, टेलीभिजिनकको पर्दामा, रेडीयोको ध्वनीमा अनी अनलाईन समचारका भित्ताहरुमा सडक दुर्घटना र मानीसको मृत्युको खबरले हामीलाई दुखी बनाएको छ । विगतमा द्धन्द्धकालको समयमा हुने मानीस मृत्युको समाचारबाट केहि समय राहात महशुस गरेका हामी आम नेपालीहरुलाई आज भोली यस्ता भयानक दर्दानाक दृश्य देख्दा असहय पिडा बोध हुन्छ । अझ शहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा संञ्चालन हुने सार्वजनीक यातायातका साधन दुर्घटना हुदाँ त स्थिती हामीले सोचे भन्दा विकराल हुन्छ । एउटै गाउँ र ठाउँमा दर्जनौ मानीस बस वा जिप पल्टीदा दुर्घटनामा पर्दा मलामी जाने मानीस समेत नहुदाँ अन्तीम संस्कार गर्न समेत कठिनाई परेको सुन्नु पर्दा आम मानीसको हृदय चसक्क घोच्छ ।
यसरी दैनीक दुर्घटना हुदाँ धन र जनको क्षती भइरहेको अवस्थामा समबन्धीत निकाय बेखबर जस्तै हुन्छ अनी सानो वक्क्तय निकालेर दुख प्रकट गर्छ । आकाशमा उड्ने हवाई जहाजमा २ जना यात्रुको मृत्य हुँदा जाँचबुझ आयोग गठन गर्ने सरकारले सडकमा यात्रा गर्ने सयौ नेपालीको मृत्यु पछि केहि हप्ता अघि डोटीमा २९ जनाको ज्यान जाने गरि भएको दुर्घटना पछि भने आयोग गठन गरेको छ । तर आयोग गठन हुदैमा सडकमा हुने मानविय क्षती नहुने त होइन तर कम हुनु पर्दछ । राजनितिक आडमा जता जतै मौलाएको डनवाद यातायात क्षेत्रमा झन् चर्को छ आफ्नो सवारी साधन चलेको रुटमा अरुलाई प्रतीस्प्रर्धा गर्न नदिने भुसका बोरा खादे जसरी यात्रु बोक्ने सिण्डीकेट महाराजलाई राज्यले तह लगाउन नसक्नु पनि दुर्घटनाको एउटा कारण हो । एउटा भौतीक पूर्वाधार कमजोर सडकमा सवारीको क्षमता भन्दा तिन गुणा धेरै यात्रु बोक्दा सय दुई रुपैयाको लोभमा देखेर नदेखे जस्तै गर्ने प्रहरी,रुट परमिट बिना यातायाच चल्न दिने स्थानीय प्रशासन, जसरी भए पनि जानु यात्रुको बाध्यता, साँझमा १ हजार टाका मार्न माईने आशामा मानवता बिर्सने परिचालक,चालक र क्षमता दक्षता नभइएका लाई सवारी चलाउन दिने मालीक यि सवै दुर्घटनाका कारण हुन् । सवारी चालक र यात्रुमा थोरै चेतना हुन सके मात्र पनि यस्ता घटनामा कमि आउछ । चालकले ट्राफीक नियम पालना गर्ने, मदिरा सेवन नगर्ने , तिब्र गतिमा सवारी नचलाउने हो र ट्राफीकले नियम तोडनेलाई कडा कारवाहि गर्ने परिपाटी विकाश गर्न सके पनि यसबाट सकारात्म प्रभाव पर्ने निश्चित छ ।
५÷१० हजार घुस यातायातका कर्मचारीलाई तिरेर चालक अनुमति पत्र पाईने १८ वर्ष कटेपछि जस्तो पनि सवारी हाँक्न पाउने भएपछि अनुभव बिहिनले लामो रुटमा सवारी चलाउदा झन दुर्घटना बढेको छ । कुन क्षमताको कस्तो सवारी चलाउन कति उमेर चाहिने कति समयको अनुभव पछि मात्र यात्रु बोक्ने सवारी चलाउन पाउने भन्ने कानुन जब सम्म राज्यले बनाउदैन तब सम्म यो दुख सवै नेपालीलाई परि रहन्छ । मुलुकमा विध्यमान सवारी कानुनमा कडा व्यवस्था नभए सम्म यो हालत पछिल्लो कति पुस्ता भोग्न पर्ने बाध्यता कायम रहने प्रष्ट छ । केहि समय अघि काठमाडौमा माइक्रो बसको दादागीरीमा परी निधन भएकी गायीका मञ्जु महतको दुर्घटना पछि चलेको सवारी नियम सम्बन्धी बसह अझै निष्र्कशमा पुगेको छैन । कुनै पनि सवारी चालकले मानीस मार्दा ज्यानमार मुद्धा लगाएर जेल पठाउने कानुन बनाउने बिषयमा कानुनका ठेकेदारहरु बिच कुरा नमिल्दा यो छलफल पनि कहिल्यै घर नबनाउने छेपाराको उखान जस्तै भएको छ । शहरमा माइक्रो र ट्रिपरले आतंकित मानीस गाउँतिर जिप र बस पल्टीदा त्रसीत बनेका छन् । एकातिर राज्यले सवारीले आयातमा २ सय प्रतीशत कर लगाउदाँ जो कोहिले निजी सवारी साधन किन्न सक्दैनन् । जसरी भएपनि यात्रा गर्नु पर्ने बाध्यता त छदै छ अर्को तर्फ आफेनै सुरमा सडक पेटीमा हिड्दा पनि ज्यान जाने डर छ । गाडी चढे पनि भिर हिडे पनि चालकको तिर नेपाली हामीलाई यो कस्तो पिर ।

काठमाडौं, कात्तिक १४ - मौसममा अकस्मात आउने परिवर्तनले पुर्याउने क्षति न्युनिकरण गर्न सरकारले पहल थालेको छ । सरकारले समयमै आवश्यक पहल नगर्दा अचानक हुने मौसम बदलीले ठूलो क्षति पुगेको भन्दै चौतर्फी आलोचना भएपछि क्षति कम गर्न बेलैमा सूचना दिन संयन्त्र बनाउने निर्णय भएको छ ।
संयन्त्रमा गृह, संघिय मामिला तथा स्थानीय विकास, सूचना तथा सञ्चार र कृषि विकास मन्त्रालयका प्रतिनिधि रहने र आवश्यक परेमा विज्ञलाई पनि सहभागी गराउने निर्णय भएको छ ।
त्यस्तै सुचनालाई प्रभावकारी बनाउन मौसम विभागको वेवसाइटलाई पनि अद्यावधिक तथा सूचनाका लागि टोल फ्रि नम्बरको व्यवस्था गरिने विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले जनाएको छ । दुईहप्ता अघि हुदहुद आँधीले मौसम अचानक परिवर्तन हुँदा पैदलयात्रामा रहेका तीसभन्दा धेरै पर्यटकको ज्यान गएको थियो ।
त्यसैले आउँदा दिनमा पैदलयात्रा गर्ने पर्यटकलाई मौसम बारे जानकारी दिन पर्यटन व्यावसायी, पर्यटन संरक्षण क्षेत्रको चेकप्वाइन्ट, हवाइ अड्डा, गाविस, नगरपालिका, प्रहरी चौकी, जिल्ला प्रशासन कार्यलय जस्ता सम्पर्क हुने ठाउँमा मौसम सम्बन्धी सूचना राख्ने पनि निर्णय भएको छ ।
ओखलढुंगा, कात्तिक १४– स्थानीयबासीको सक्रियतामा ओखलढुंगा सामुदायिक अस्पताल परिसरमा जाँड, रक्सी बिक्री वितरणमा रोक लगाएको छ । जाँड, रक्सी उत्पादन तथा बिक्रीवितरणले समाज र अस्पतालमा आउने विरामी तथा कुरुवालाई समेत नकारात्मक असर गर्ने भएकाले अस्पताल परिसरका यस्ता पदार्थ रोक लगाएको हो ।
अस्पतालद्धारा सञ्चालित लालूपाते क्लबको अगुवाईमा नागरिक समाज, व्यापारी, होटल व्यवसायी लगायतको सहमतिमा अस्पताल परिसारलाई जाँड, रक्सी निषेधित क्षेत्र घोषणा गरेको क्लबका अध्यक्ष तिलक राईले जानकारी दिनुभयो ।
यो घोषणासँगै अस्पताल वरिपरि करिब ५ सय मिटरसम्म जाँड, रक्सी वेचविखन र सेवन गर्न नपाईने, यदि कसैले अटेर गरे तत्काल कारवाही गरिने नियम लागू भएको छ । अहिले आसपासका सडक र होटलमा ‘यहाँ जाँड रक्सी पाइँदैन’ र ‘यो मदिरा निषेधित क्षेत्र हो’ जस्ता सन्देश लेखिएका बोर्ड राखिएका छन् ।
जाँड रक्सी कारण विभिन्न अकल्पनीय घटना घट्ने, मानव स्वास्थ्यमा गम्भिर असर पर्ने भएकोले क्लवको अभियान स्वागत योग्य भएकोे सहायक प्रमुख जिल्ला अधिकारी गुणराज भटराईले बताउनुभयो । क्लबले केहि वर्षदेखि निरन्तर जाँड रक्सीको कुलतमा परेकालार्ई पुनर्स्थापना गर्ने काम गरिरहेको छ ।
तस्वीरः शिव ढुंगाना/उज्यालो
कात्तिक १४ - मलेसियमा भएको आइसिसी डिभिजन थ्री क्रिकेटको उपाधि जितेर नेपाल फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्वागत गर्न क्रिकेट समर्थकहरु बिहान ११ बजेदेखि नै बिमानस्थलमा पुगिसकेका थिए ।
नेपाली क्रिकेट टोली कप बोकेर बाहिर निस्किँदा १ बज्नै लागेको थियो । यो २ घण्टाको बिचमा क्रिकेट समर्थहरुले नेपाली क्रिकेट टिमको स्वागतमा नारा लगाएर बसे ।
यो जित कसको – नेपालको
पारस दाइ आउनु भो – डिभिजन थ्री ल्याउनु भो
डिभिजन थ्रि त पाईयो – स्टेडियम चाहियो ।
डिभिजन टू जित्ने छौं – १९ को विश्वकप खेल्ने छौं ।
टुँडिखेलमा खेलेर डिभिजन थ्री त पाईयो – अब हाम्रो नेपालमा स्टेडियम चाहयो ।

समर्थकले विमानस्थलमा यी नारा लगाईरहँदा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराल लामा र र क्यानका कार्यबहाक महासचिव उत्तमकुमार कर्माचार्यसहित अरु पदाधिकारी पनि त्यही थिए ।
कात्तिक ११ - वैज्ञानिकहरुले घातक इबोला भाइरस संक्रमण आधा घण्टामै थाहा पाउन सकिने प्रविधिको विकास गरेका छन् । अमेरिकाका बैज्ञानिकहरुले यो प्रविधि छिटै चिकित्सकलाई उपलब्ध गराउने बताएका छन् ।
बैज्ञानिकले ब्लाटिंग पेपरको मद्दतले इबोला भाइरसको संक्रमण थाहा पाउन सकिने प्रविधिको विकास गरेका हुन् । इबोलाको परीक्षण गर्न वैज्ञानिकले एक जैविक घोल बनाएका छन् जसमा राइबोन्यूक्लिक एसिड मिलाएका छन् । यो एसिडबाट मानिसको अनुवांशिकमा प्रमुख भुमिका खेल्ने उनीहरुले बताएका छन् ।
इबोलाको महामारी फैलिदै गएपछि यसको रोकथामका प्रयास भैरहेको छ ।
उदयपुर, कात्तिक १४ - उदयपुरको बेल्टारबसाहा नगरपालिमा शुक्रबार दिउँसो बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । बेल्टारबसाहा नगरपालिका–७ शनीबारे चोकमा बसले ठक्कर दिँदा स्थानीय नवराज पुरीका तीन बर्षका छोरा सुमन पुरीको घटनास्थलमा नै ज्यान गएको हो ।
बसाहाबाट यात्रु बोकी काठमाडौंका लागि छुटेको ना.४.ख. ७७२६ नम्बरको बसले पुरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी टेकबहादुर गुरुङ्गले बताउनुभयो । ठक्कर दिएर भागेको बस र चालकलाई सप्तरीको फत्तेपुर प्रहरी चौकीले पक्रेको गुरुङ्गले बताउनुभयो ।
ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याई थपअनुसन्धान गरी कारवाही प्रकृया अगाडी बढाईने गुरुङ्गले बताउनुभयो ।
काठमाडौं, कात्तिक १४– काठमाडौंबाट शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ले राम्रो सुरुवात गरेको छ । काठमाडौंका झण्डै एक दर्जन बढी हलहरुबाट प्रदर्शन आरम्भ गरेको टुल्के राजधानी बाहिर भने कात्तिक २१ गतेदेखि मात्रै प्रदर्शनमा आउनेछ ।
क्युएफएक्स अन्तरर्गत सिभिल मल, कुमारी, जय नेपाल हलमा चलचित्रका लागि ७ शो छुट्याईएको छ । त्यस्तै बिग मुभिज, सिने दि सेफ, गोपीकृष्णा, अष्टनारायण, गुण सिनेमालगायतका हलहरुमा पनि चलचित्रको प्रदर्शन भईरहेको छ ।
राजधानीको मुख्य मल्टिप्लेक्स क्युएफएक्स अन्तर्गतको सिभिल मल, जय नेपाल र कुमारी हलमा ‘टलकजंग भर्सेस टुल्के’ को अग्रिम टिकट बुकिङ खुल्ला गरिएका थियो । कतिपय शोहरु शनिबारसम्मको लागि अग्रिम बुकिङ्ग ‘फुल’ भएको निर्माण युनिटले जानकारी गराएको छ ।
‘बिहानीको शोबाट सन्तुष्ट छौ, दोस्रो शो मा पनि अकुपेन्सी राम्रै छ, प्रायः हलमा दर्शक हाउसफुल नजिक छन्’, चलचित्रका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँले भने ‘चलचित्रमा हामीले देखाउन खोजेको कुरालाई दर्शकले निकै राम्रो मानेका छन, हामीलाई यसले झन खुशी दिएको छ’ ।
चलचित्रका निर्देशक निश्चल टुल्के हेर्न लुटको ह्याङ्गओभर लिएर नआउन अनुरोध गर्छन । ‘टुल्के, लुट जस्तो छैन, यसमा भिन्नै परिवेशको कथा देखाउने कोशिस गरेको छु’, बस्नेतले भने ‘टुल्केमा आफ्नै किसिमको मज्जा छ,
टुल्केमा देखाईएको नेपालीपन अनि हाम्रो आफ्नै कथालाई दर्शकले रुचाएको पाईयो ।’ सुपरहिट चलचित्र ‘लुट’ का निर्देशक निश्चल बस्नेतको निर्देशनमा बनेको फिल्म ‘टलकजंग भर्सेस टुल्के’ मा खगेन्द्र लामिछाने, ऋचा शर्मा, दयाहाङ्ग राई, सुशांक मैनाली, रजनी गुरुङ्ग, प्रकास घिमिरे, राज थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

लप्पन छप्पन नजान्ने एक सोझो गाँउले ठिटोले आफ्नो गुमेको परिचय खोज्न गरेको संघर्षको कथालाई चलचित्रमा उठान गरिएको छ । द्वन्द्वको परिवेश भित्रको समाज कसरी अगाडि बढिरहेको हुन्छ त ? के कस्ता षडयन्त्रका तानाबाना बुनिन्छन् त ? भन्ने बिषय पनि चलचित्रले उठान गरेको छ । षटकोण आर्टस् र ब्ल्याकहर्स पिक्चर्सको संयुक्त ब्यानरमा बनेको यो चलचित्रमा रामकुमार बनिया, रोजिना सिटौला र सीता श्रेष्ठको पनि लगानी रहेको छ ।