बलिउड अभिनेत्री सना खान पक्राउ
– एजेन्सी मुम्बई । बलिउड अभिनेत्री सना खान पक्राउ परेकी छन् ।
एक महिलालाई धम्काएको आरोपमा प्रहरीले उनलाई प्रेमी इस्माइल खानकासाथ गिरफ्तार गरेको हो । महिलालाई धम्काएर यौन शोषण गरेको आरोप लागेको छ ।
अन्बोली पुलिस स्टेशनका सिनियर इन्स्पेक्टर रमेश खडतरेले दुबैलाई पक्राउ गरिएको पुष्टी गरे ।
‘मिडिया कन्सल्टेन्ट पुनम खन्नाको उजुरीका आधारमा दुबैलाई पक्राउ गरिएको खडतरेले बताए ।
नोकर रामु कनौजियाकासाथ पक्राउ गरिएको दुबैलाई आईपीसी धारा ३५४, ५०६ र ३४ का आधारमा कारबाही चलाइने छ ।
पुलिस अधिकारीले आरोपीलाई अदालतमा पेश गरेको थियो । तर अदालतले तीन जना आरोपीलाई जामानतमा रिहा गर्ने निणर्य गरेको छ ।
पुनमले सना र उनका प्रेमीलाई गलत नियतले आफूलाई स्पर्स गरेको आरोप लगाएकी हुन् ।
घटना केहीदिन पहिले एक अस्पताल बाहिरको हो ।
जहाँ पुनम आफ्नो स्वाथ्य जाचका लागि अस्पताल पुगेकी थिइन् । त्यहा रामुले उनलाई तानेका थिए । सो घटनामा उनलाई सना र उनका प्रेमीले पनि धम्क्याएका थिए ।



0 comments
Write Down Your Responses