इबोला भाइरस संक्रमण आधा घण्टामै थाहा पाउन सकिने प्रविधिको विकास

कात्तिक ११ - वैज्ञानिकहरुले घातक इबोला भाइरस संक्रमण आधा घण्टामै थाहा पाउन सकिने प्रविधिको विकास गरेका छन् । अमेरिकाका बैज्ञानिकहरुले यो प्रविधि छिटै चिकित्सकलाई उपलब्ध गराउने बताएका छन् ।

बैज्ञानिकले ब्लाटिंग पेपरको मद्दतले इबोला भाइरसको संक्रमण थाहा पाउन सकिने प्रविधिको विकास गरेका हुन् । इबोलाको परीक्षण गर्न वैज्ञानिकले एक जैविक घोल बनाएका छन् जसमा राइबोन्यूक्लिक एसिड मिलाएका छन् । यो एसिडबाट मानिसको अनुवांशिकमा प्रमुख भुमिका खेल्ने उनीहरुले बताएका छन् ।
इबोलाको महामारी फैलिदै गएपछि यसको रोकथामका प्रयास भैरहेको छ ।

0 comments

Write Down Your Responses

Portfolio

About

Entertainment News

Feature

Travel

Kota

Racing

Pages

Soccer

Cute