प्राकृतीक प्रकोपमा भन्दा दुर्घटनामा बढ्दो मानवीय क्षती

 

प्राकृतीक प्रकोपमा भन्दा दुर्घटनामा बढ्दो मानवीय क्षती

 
hem dhakalहेमराज ढकाल ‘सुमन’
bus acc. nuwakot (3)नेपालमा सडक संरचना निर्माण भएको इतिहास धेरै लामो नभएपनि २००७ सालको क्रान्ती पछि सडक निर्माणको गति बढ्न थालेको हो । त्रिभुवन राजपथ सवै भन्दा पुरानो राजमार्ग हो सन् १९०५ मा निर्माण सुरु भएर १९५५ मा सम्पन्न भएपछि क्रमश पृथ्वी, महेन्द्र, अरनीको राजमार्ग हुदै पछिल्लो समय सम्पन्न हुदै गरेका पूर्व पश्चिम लोकमार्ग सम्म आइ पुगेको छ । भौगोलीक दृष्टीकोणले हिमाली, पहाडी र तराई भुबनोट देश नेपालमा हिमाली र पहाडी भेगमा सडक बनाउन कठिन हुने गरेको छ । अग्ला,चट्टान युक्त र भिरोलो भागमा अवैज्ञानीक तवरले जथाभावी बनेका मार्गहरुले प्राकृतीक रुपमा भू—क्षय त गराउछनै त्यो सगै तेस्ता सडकहरुमा सवारी दुर्घटना हुदाँ मानवयी क्षती धेरै हुने गरेको छ । गत वर्ष पनि दशैको समयमा निमार्णाधिन विपी राजमार्ग अन्र्तगतको सिन्धुली झागाझोलीमा बस दुर्घटना हुदाँ दर्जनौ यात्रुको मृत्यु भएको थियो । भने यो वर्षको दशै र तिहारमा मात्र विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर १ सय ८० भन्दा धेरै यात्रुको मृत्यु भएको छ भने दर्जनौ मानीस घाइते र अङ्गभङ्ग भएका छन् । बाढी पहीरो र रोगको महामारीले यो वर्षले हाल सम्म करिब ३ सय मानीसको मृत्यु भएको सरकारी निकायको तथ्याङ्क भएपनि सडक दुर्घटना भने दोब्बर मानीसको ज्यान गएको छ ।
यस्तो घटना क्रम नरोकिने हो भने हाल सम्म विश्वमा सवारी दुर्घटना परेर सवै भन्दा धेरै मानीसको मृत्यु हुने देश चिन भएपनि अबको केहि बर्षमा नेपालले यो स्थान नपाउला भन्न सकिनन ।
चाडपर्वको समयमा यात्रुहरुको चाप बढ्ने समयमा नै दैनीक जसो अखरबारको पानामा, टेलीभिजिनकको पर्दामा, रेडीयोको ध्वनीमा अनी अनलाईन समचारका भित्ताहरुमा सडक दुर्घटना र मानीसको मृत्युको खबरले हामीलाई दुखी बनाएको छ । विगतमा द्धन्द्धकालको समयमा हुने मानीस मृत्युको समाचारबाट केहि समय राहात महशुस गरेका हामी आम नेपालीहरुलाई आज भोली यस्ता भयानक दर्दानाक दृश्य देख्दा असहय पिडा बोध हुन्छ । अझ शहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा संञ्चालन हुने सार्वजनीक यातायातका साधन दुर्घटना हुदाँ त स्थिती हामीले सोचे भन्दा विकराल हुन्छ । एउटै गाउँ र ठाउँमा दर्जनौ मानीस बस वा जिप पल्टीदा दुर्घटनामा पर्दा मलामी जाने मानीस समेत नहुदाँ अन्तीम संस्कार गर्न समेत कठिनाई परेको सुन्नु पर्दा आम मानीसको हृदय चसक्क घोच्छ ।
यसरी दैनीक दुर्घटना हुदाँ धन र जनको क्षती भइरहेको अवस्थामा समबन्धीत निकाय बेखबर जस्तै हुन्छ अनी सानो वक्क्तय निकालेर दुख प्रकट गर्छ । आकाशमा उड्ने हवाई जहाजमा २ जना यात्रुको मृत्य हुँदा जाँचबुझ आयोग गठन गर्ने सरकारले सडकमा यात्रा गर्ने सयौ नेपालीको मृत्यु पछि केहि हप्ता अघि डोटीमा २९ जनाको ज्यान जाने गरि भएको दुर्घटना पछि भने आयोग गठन गरेको छ । तर आयोग गठन हुदैमा सडकमा हुने मानविय क्षती नहुने त होइन तर कम हुनु पर्दछ । राजनितिक आडमा जता जतै मौलाएको डनवाद यातायात क्षेत्रमा झन् चर्को छ आफ्नो सवारी साधन चलेको रुटमा अरुलाई प्रतीस्प्रर्धा गर्न नदिने भुसका बोरा खादे जसरी यात्रु बोक्ने सिण्डीकेट महाराजलाई राज्यले तह लगाउन नसक्नु पनि दुर्घटनाको एउटा कारण हो । एउटा भौतीक पूर्वाधार कमजोर सडकमा सवारीको क्षमता भन्दा तिन गुणा धेरै यात्रु बोक्दा सय दुई रुपैयाको लोभमा देखेर नदेखे जस्तै गर्ने प्रहरी,रुट परमिट बिना यातायाच चल्न दिने स्थानीय प्रशासन, जसरी भए पनि जानु यात्रुको बाध्यता, साँझमा १ हजार टाका मार्न माईने आशामा मानवता बिर्सने परिचालक,चालक र क्षमता दक्षता नभइएका लाई सवारी चलाउन दिने मालीक यि सवै दुर्घटनाका कारण हुन् । सवारी चालक र यात्रुमा थोरै चेतना हुन सके मात्र पनि यस्ता घटनामा कमि आउछ । चालकले ट्राफीक नियम पालना गर्ने, मदिरा सेवन नगर्ने , तिब्र गतिमा सवारी नचलाउने हो र ट्राफीकले नियम तोडनेलाई कडा कारवाहि गर्ने परिपाटी विकाश गर्न सके पनि यसबाट सकारात्म प्रभाव पर्ने निश्चित छ ।
५÷१० हजार घुस यातायातका कर्मचारीलाई तिरेर चालक अनुमति पत्र पाईने १८ वर्ष कटेपछि जस्तो पनि सवारी हाँक्न पाउने भएपछि अनुभव बिहिनले लामो रुटमा सवारी चलाउदा झन दुर्घटना बढेको छ । कुन क्षमताको कस्तो सवारी चलाउन कति उमेर चाहिने कति समयको अनुभव पछि मात्र यात्रु बोक्ने सवारी चलाउन पाउने भन्ने कानुन जब सम्म राज्यले बनाउदैन तब सम्म यो दुख सवै नेपालीलाई परि रहन्छ । मुलुकमा विध्यमान सवारी कानुनमा कडा व्यवस्था नभए सम्म यो हालत पछिल्लो कति पुस्ता भोग्न पर्ने बाध्यता कायम रहने प्रष्ट छ । केहि समय अघि काठमाडौमा माइक्रो बसको दादागीरीमा परी निधन भएकी गायीका मञ्जु महतको दुर्घटना पछि चलेको सवारी नियम सम्बन्धी बसह अझै निष्र्कशमा पुगेको छैन । कुनै पनि सवारी चालकले मानीस मार्दा ज्यानमार मुद्धा लगाएर जेल पठाउने कानुन बनाउने बिषयमा कानुनका ठेकेदारहरु बिच कुरा नमिल्दा यो छलफल पनि कहिल्यै घर नबनाउने छेपाराको उखान जस्तै भएको छ । शहरमा माइक्रो र ट्रिपरले आतंकित मानीस गाउँतिर जिप र बस पल्टीदा त्रसीत बनेका छन् । एकातिर राज्यले सवारीले आयातमा २ सय प्रतीशत कर लगाउदाँ जो कोहिले निजी सवारी साधन किन्न सक्दैनन् । जसरी भएपनि यात्रा गर्नु पर्ने बाध्यता त छदै छ अर्को तर्फ आफेनै सुरमा सडक पेटीमा हिड्दा पनि ज्यान जाने डर छ । गाडी चढे पनि भिर हिडे पनि चालकको तिर नेपाली हामीलाई यो कस्तो पिर ।

0 comments

Write Down Your Responses

Portfolio

About

Entertainment News

Feature

Travel

Kota

Racing

Pages

Soccer

Cute