बसको ठक्करबाट ३ वर्षका बालकको मृत्यु

उदयपुर, कात्तिक १४ -  उदयपुरको बेल्टारबसाहा नगरपालिमा शुक्रबार दिउँसो बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । बेल्टारबसाहा नगरपालिका–७ शनीबारे चोकमा बसले ठक्कर दिँदा स्थानीय नवराज पुरीका तीन बर्षका छोरा सुमन पुरीको घटनास्थलमा नै ज्यान गएको हो ।
बसाहाबाट यात्रु बोकी काठमाडौंका लागि छुटेको ना.४.ख. ७७२६ नम्बरको बसले पुरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी टेकबहादुर गुरुङ्गले बताउनुभयो । ठक्कर दिएर भागेको बस र चालकलाई सप्तरीको फत्तेपुर प्रहरी चौकीले पक्रेको गुरुङ्गले बताउनुभयो ।
ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याई थपअनुसन्धान गरी कारवाही प्रकृया अगाडी बढाईने गुरुङ्गले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Portfolio

About

Entertainment News

Feature

Travel

Kota

Racing

Pages

Soccer

Cute