मौसम परिवर्तनले पु‌‌र्याउने क्षति न्युनिकरण गर्न सरकारले पहल थाल्यो

काठमाडौं, कात्तिक १४ - मौसममा अकस्मात आउने परिवर्तनले पु‌‌र्याउने क्षति न्युनिकरण गर्न सरकारले पहल थालेको छ ।  सरकारले समयमै आवश्यक पहल नगर्दा अचानक हुने मौसम बदलीले ठूलो क्षति पुगेको भन्दै चौतर्फी आलोचना भएपछि क्षति कम गर्न बेलैमा सूचना दिन संयन्त्र बनाउने निर्णय भएको छ ।
संयन्त्रमा गृह, संघिय मामिला तथा स्थानीय विकास, सूचना तथा सञ्चार र कृषि विकास मन्त्रालयका प्रतिनिधि रहने र आवश्यक परेमा विज्ञलाई पनि सहभागी गराउने निर्णय भएको छ ।
त्यस्तै सुचनालाई प्रभावकारी बनाउन मौसम विभागको वेवसाइटलाई पनि अद्यावधिक तथा सूचनाका लागि टोल फ्रि नम्बरको व्यवस्था गरिने विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले जनाएको छ । दुईहप्ता अघि हुदहुद आँधीले मौसम अचानक परिवर्तन हुँदा पैदलयात्रामा रहेका तीसभन्दा धेरै पर्यटकको ज्यान गएको थियो ।
त्यसैले आउँदा दिनमा पैदलयात्रा गर्ने पर्यटकलाई मौसम बारे जानकारी दिन पर्यटन व्यावसायी, पर्यटन संरक्षण क्षेत्रको चेकप्वाइन्ट, हवाइ अड्डा, गाविस, नगरपालिका, प्रहरी चौकी, जिल्ला प्रशासन कार्यलय जस्ता सम्पर्क हुने ठाउँमा मौसम सम्बन्धी सूचना राख्ने पनि निर्णय भएको छ ।

0 comments

Write Down Your Responses

Portfolio

About

Entertainment News

Feature

Travel

Kota

Racing

Pages

Soccer

Cute